साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सङ्कीर्णता

Nepal Telecom ad

मान्छेको मनभित्र छन् कुटिलता ईर्ष्या र शङ्का बढी
पाए लाउन सक्छ बाहुद्वयमा ऊ द्वेषको हत्कडी ।
ज्ञानी, शिक्षित,शान्त, सज्जन, गुणी भन्छन् विवेकी तर
मान्छेभित्र छ सक्कली पशुपना देखेर लाग्ने डर ।।

औडाहा कतिसम्म गर्छ मनुवा बस्थे छिमेकी दुई
गर्थे आह्रिस उच्च उन्नति भए तानी खसाल्थे भुइँ ।
हुन्थ्यो घोर सुषुप्त युद्ध मनमा झन् द्वेष जागीकन
देखी उन्नति जल्दथे दनदनी आगो नलागीकन ।।

जे माग्छौ सब पाउँछौ तर उताको पाउला दोब्बर
भन्दा ईश्वरले छली मनुजले मागेछ यस्तो वर ।
“मेरो लोचन फोर एक उसका फुट्लान् दुईटै जब
कानो भै पनि हेरुँला म उसका अन्धान्त पीडा सब” ।।

यस्तो लाग्छ अचेल भुल्दछ नदी टाढा पुगेमा कुलो
मान्छेभित्र रहेछ जीवित सधैकक सङ्कीर्ण घेरा ठुलो ।
आफू पीडित हुन्छ मानिस भने खुट्टा कमाईकन
बस्छन्, पीडित भो कुनै जन भने हेर्छन् रमाईकन ।।

छिर्के थाप्छ लडाउने नियतले राम्रो गरे तापनि
फेरी रूप सहानुभूति अझ ऊ देला हितैषी बनी ।
आफैकक जित्न प्रयास गर्छ पथमा जो बस्छ खाल्डो खनी
छेपारो र मनुष्य भिन्न कसरी उस्तै छ बानी पनि ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x