साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म इतिहांस हुँ यो देशको !

Nepal Telecom ad

किसान हक अधिकारका कुरा गर्ने
भिमदत्त पन्तको टाउको काट्ने
विदेशमा कमाएको रेमिटेन्स
विदेशीसँग अन्नमा साट्ने
र, आफूलाई ‘कृषि प्रधान देश’ भनेर
कहिल्यै नथाक्ने
म इतिहांस हुँ यो देशको !

जंगवहादुरहरूको जय गाउने
भिमसेन थापाहरूले चैं सजाय पाउने
अनि सहिद र सहिद बनाउनेहरूलाई
एकसाथ माला लाउने
म इतिहास हुँ यो देशको !

राष्ट्रियता र जनजिविकाको भर्याङ चढेर
सत्तामा जाने
आफ्ना आसेपासेहरू समेतलाई छानी छानी लाने
र, मिलाएर आलो पालो यो देशको सर्वश्व खाने
म इतिहास हुँ यो देशको !

सदियौंदेखि द्वेष, विभाजन वा फुट
दल, त्यसभित्र गुट अनि उपगुट
र, धोका बेईमानी वा झुटको खेतीमा रमाउने
म इतिहास हुँ यो देशको !

सोझा जनतालाई वर्गिय मुक्तिको पाठ पढाउने
क्रान्तिका नाउँमा बारबार तिनको बलि चढाउने
र तिनकै लासमाथि आफ्नो महल ठड्याउने
म इतिहास हुँ यो देशको !

ह्रटाैडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x