साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रैछ कालो

Nepal Telecom ad

जाली रहेछौ मन रैछ कालो
सद्प्रेमको बन्धन रैछ कालो ।

धुर्त्याइँले ग्रस्त भयौ छिमेकी
धोका दियौ चिन्तन रैछ कालो ।

सद्भाव राख्यौँ दिलमा सजायौँ
तिम्रो भने धड्कन रैछ कालो ।

पूरा गर्यौ तुच्छ अभीष्ट आफ्ना
स्वार्थन्ध छौ जोबन रैछ कालो ।

थाहा छ तिम्रा रटना अनेकौँ
देखावटी रोदन रैछ कालो ।

छर्लङ्गिए ती कपटी विचार
सम्बन्धको ओजन रैछ कालो ।

दुर्भाग्य ! तिम्रो मति बिग्रिएछ
देख्दैन क्यै लोचन रैछ कालो ।

धिक्कार लाग्यो छलको सहारा
दुर्वृत्तिको आँगन रैछ कालो ।

हेर्दा थियौ स्वच्छ सफेद आहा !
कोट्याउँदा मक्खन रैछ कालो ।

गर्छौं सफा बात सदैव हामी
तिम्रो झुटो गन्थन रैछ कालो ।

’राख्नेछु आफ्नो मुटु भित्र’ भन्थ्यौ
राख्छौ कहाँ आसन रैछ कालो ।

खप्थ्यौँ अनेकौँ अबगाल तिम्रा
ऐले बुझ्यौँ ताडन रैछ कालो ।

बोली छ यौटा व्यबहार अर्कै
फुस्ल्याउने गायन रैछ कालो ।

आयौ तिमी हर्ष भयो सबैमा
के जान्नु देशाटन रैछ कालो ।

छद्मी भयौ छैन खुलस्त केही
सास्ती भयो ऐंठन रैछ कालो ।

खाँटी कुरा बुझ्न कहाँ सक्यौँ र
नङ्ग्याउने वाञ्छन रैछ कालो ।

खोस्यौ सुखानन्द दिएर ताप
पोल्यो निकै आरन रैछ कालो

उत्कृष्टता छैन कुनै कुरामा
कर्तव्यको पालन रैछ कालो ।

राम्रो भनी हर्दम ठिक्क पार्यौ
सर्वाङ्गको वर्णन रैछ कालो ।

सौन्दर्यले लट्ठ भयौँ वृथामा
छक्याउने शोभन रैछ कालो ।

तिम्रो खुराफात लुकेन आज
थप्छौ अझै उल्झन रैछ कालो ।

खोज्यौँ सबैले सजिलो किनारा
बाटो भुल्यौँ वाहन रैछ कालो ।

तोड्यौ खुदै आज समस्त नाता
वाचा भयो लङ्घन रैछ कालो ।

आशा थियो हुन्छ प्रदीप्त दीप
निभ्दै गयो रोशन रैछ कालो ।

षड्यन्त्रले व्याप्त भयौ प्रशस्त
अङ्गार झैं जीवन रैछ कालो ।

सद्भावको फूल फुलेन कैले
के काम त्यो कानन रैछ कालो ।

रोयो सधैँ ‘कोमल’ चित्त साथी
सम्पूर्ण तिम्रोपन रैछ कालो ।

पुरानो नैकाप, काठमाडौँ
हाल : न्युयोर्क, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x