साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिन्ताको कुरा

Nepal Telecom ad

खाना खानु अघि पानीले छेकेर अप्सनि हाली सकेकोमात्र के थिएँ नेपाली खाना त्यो पनि परिवारका साथ खाने इच्छा गरेर खानाखान निम्त्याइएको मेरो अमेरीकन साथी गेरी सेफर्डले आश्चर्य मानेर सोध्यो– “किन खानेकुरा भुइँमा छरेको म्यान ? अनि खानेकुरा भुइँमा छर्दा के भनेर बर्बराएको ?”

“छरेको हैन भगवानलाइ चढाएको जसलाइ हामी अप्सनि हाल्नु भन्छौ र तिमीले जेलाई बर्बराएको ठान्यौ त्यो चैं यो फलना भगवानको, यो फलाना भगवानको भनेर भाग छुट्ट्याइ दिँदै खान बोलाएको, जसलाई हामी मन्त्र भन्छौं ।” मैले बुझाउँने कोशिस गरें ।

“ओउ गड्लाइ इन्भाइट् गर्ने मन्ट्र !” – उसले मन्त्र शब्दलाइ आश्चर्य मानेर उच्चारण गर्यो र “मलाई पनि सुनाउन मिल्छ ?” भन्दै मन्त्रप्रति जिज्ञासु पनि भयो ।

“मिल्छ, किन नमिल्नु !” –मैले उसका कुरामा सहमति जनाएँ र मन्त्र सुनाउँन थालें– भूपतय स्वाहा, भुवनपतय स्वाहा, भूतानाम् ।

मैले मन्त्र पूरा गर्न नपाउँदै उसले बिचैमा मलाइ रोक्तै भन्यो– “पख ! पख ! पख !”
“किन ? के भयो र !” – मैले जिज्ञासा राखें ऊ आफैले मन्त्र भन्न लगाएर फेरि बिचैमा रोक्ने इसारा गरेकामा ।
“बुद्धू, अमेरीकन कुइरेलाइ संस्कृत आउँदैन, कि इङ्लिसमा कि नेपालीमा अर्थ लागाइदिनुपर्छ भन्ने तिमीलाई थाहा छैन र !” (उसले मलाइ गिज्याउँने लवजमा भन्यो ।

मैले फेरि शुरु गरें– “भूपतय अर्थात भूमिका पति र भूपतिलाइ अर्पण, भुवनपतय अर्थात् चराचर जगतका पति वा मालिक स्वामी” मात्र के भनेको थिएँ फेरि उसले “पख ! पख !” गर्दै रोक्यो र एक्लै भुत्भुतायो– “भूपति अर्थात राजा” अनि मतिर मुखातिब भएर सोध्यो– “तिमी पनि राजावादी हौ कि क्या हो ?”
“किन र ?” –मैले पनि प्रश्नको जवाफमा प्रश्नै तेर्स्याइदिएँ उसका सामु ।
“किन नि अब ? हटाइ सकेका राजालाइ अझै पनि खानेकुरा भाग लगाइ रहेकाले नि ।” –उसले कारण खोल्यो ।
“राजाले निर्माण गरेका देशको नागरिक हुँ राष्ट्रनिर्माताप्रति आस्था र सदासयता राख्नु अपराध हुन्छ र !” –हटाइएकै सहि आफ्ना पूर्व राष्ट्रध्यक्षप्रति अर्काको अनावश्यक टीका टिप्पणिले कताकता मन कटक्क खाएकाले ओठे जवाफ फर्काइ दिएँ अप्सनिको अध्यात्मिक तथा वास्तविक अर्थ लगाइ दिनुको साटो ।

“उसोभए तिम्रो देशमा राजतन्त्र पुनर्स्थापनाको सम्भावना छ हैन त ?” –उसले पत्रकारले अन्तर्वार्ता लिएझैं प्रश्न थप्यो ।
“देशलाई आवश्यकता परेका खण्डमा राजनीतिमा अनावश्यक र गर्न नहुने भन्ने कुनै कुरा हुँदैन ।” –मैले पÞmेरि पनि टर्रै उत्तर फर्काएँ र थपें– “राष्ट्रपतिको चुनाव गर्ने ठाउँमा दस(दस बर्षका लागि राजाको चुनाव गराउँला नि ।”
“यस्तो गल्ती कुनै हालतमा पनि नगर नि नत्र पुरानै रोगको पुनरावृत्ति होला ।” –उसले मलाई सावधान गराउँन खोज्यो ।

“जे भए पनि र जो भए पनि नेपाली जनताले नेपाली नगरिकलाई नै चुन्ने हुन् गैरनेपालीलाइ चुन्ने होइनन् भनेर हामी त चिन्तामुक्त छौं तर तिमीहरू कुन रोगको चिन्ता गर्छौ मित्र ?” –मुखबुझो लगाइदिने अभिप्रायले उत्तर दिएँ ।

गौरादह– १२, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
चोरहरु

चोरहरु

कृष्ण उफान
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
समकालीन योगको ‘आसन’ र पेटको ‘भाषण’

समकालीन योगको ‘आसन’ र...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x