प्रेम ओली ढकलपुरेदुई ठोकान
१. आकाश
अबिरल झरी झर्दा
लाग्छ आकाश दुख्छ
थप्प थप्प छिटा पर्दा
लाग्छ आकाश थुक्छ
डम्म माथि बादल लाग्दा
लाग्छ आकाश लुक्छ
गड्याङ्ग गुडुङ्ग सगर गर्दा
लाग्छ आकाश भुक्छ
अशिना निशाना दाग्दा
लाग्छ आकाश ढुक्छ
चम्कदा बिजुली त्यो
लाग्छ आकाश आगो फुक्छ ।
२. सुन्धारा
न असली सुन छ
न पानीको धारा छ
मान्छेलाई देखाउने खाली
भाँचिएको दारा छ ।
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































