सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

साहित्यकार प्रदीपको निधन

Nepal Telecom ad

साहित्यकार रामप्रसाद प्रदीपको हृदयघातका कारण निधन भएको छ । कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा शुक्रवार साँझ उपचारका क्रममा ६८ वर्षको उमेरमा उहाँको निधन भएको हो । शुक्रबार दिनभरी विभिन्न साहित्यिक कार्यक्रममा सहभागी भएर साँझ घर फर्किनु भएका प्रदीप अचानक बेहोस भएर लड्नु भएको थियो । तत्काल अस्पत्ताल पुर्याइ भर्ना गरिएको केहीबेरमा चिकित्सकले उहाँलाई मृत घोषित गरेका थिए ।

दिवङ्गत प्रदीपको पार्थिव शरीर बिहान ८ बजेदेखि १२ सम्म नेपाल प्रज्ञा–प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । शनिवार नै पशुपति आर्यघाटमा उहाँको अन्तिम संस्कार गरिँदै छ ।

प्रदीप माइलस्टोन कलेजका सञ्चालक र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका पूर्वप्रबन्ध सञ्चालक पनि हुनुहुन्थ्यो । पञ्चायतकालमा प्रगतिशील साहित्यिक क्षेत्रबाट चेतना फैलाउन सक्रिय उहाँ राष्ट्रिय जनसांस्कृतिक महासङ्घको संस्थापक पनि हुनुहुन्थ्यो । प्रगतिशील लेखक सङ्घको २०३७ को पुनर्गठनपछि निरन्तर सङ्गठित रहनु भएका प्रदीप पछिल्लो एक कार्यकाल यसको कार्यवाहक अध्यक्ष रहनु भएको थियो ।

प्रदीपका ‘पचास रुपियाँको तमसुक’ नाटक सहलेखन २०२८, ‘मुलुकभित्र’ नाटक २०३०, ‘विस्फोटन’ गीतसङ्ग्र्रह २०३६, ‘उपहार’ गीतसङ्ग्र्रह २०४६, ‘राजधानी गाइड पर्यटन जानकारी’ २०५०, ‘बेलाको बोली’ गीतगजल सङ्ग्र्रह’ २०६३ लगायतका कृतिहरू प्रकाशित छन् ।

उहाँकी पत्नी शीला, तथा दुई छोराहरू सुदीप र सन्दीप पौडेल, दुईवटी बुहारी र तीन नाति–नातिनाहरू छन् ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad