साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्का काकाको आत्मकथा

Nepal Telecom ad

‘मध्यरातमा किर्ते चिट्ठी’ । २०७३ मा प्रकाशन हुने एउटा सनसनीपूर्ण किताबको नाम हुनेछ । र, यो पनि आत्मवृत्तान्त नै हुनेछ । एकाएक लेखक बन्न लागेका ती जंगी अधिकारीको यो कृति पनि उनको पहिलो र सम्भवतस् अन्तिम हुनेछ । यो कृति हिट हुनेछ र लेखक सुपरहिट । नेताहरू, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री वा रक्षामन्त्रीहरू विमोचन समारोहमा सहभागी हुनेछन् । पत्रकारहरूको ओइरो लाग्नेछ । समाचार र समीक्षाको खात लाग्नेछ । बहुप्रतीक्षित त्यो किताबका लेखक हुनेछन्, पूर्वछाया प्रधानसेनापति कुलबहादुर काका । अहिले धमाधम आउँदै गरेका उनका अन्तर्वार्ताहरूले यही भन्छ ।

पूर्वप्रधानसेनापति रुकमांगद र छत्र काकाहरूका कृति बजारमा सुपरहिट भए । किताबले पूर्वप्रधानमन्त्रीदेखि आफ्नै सहकर्मी, सहयात्रीहरूको समेत उछितो काढे । सञ्चार माध्यममा उनीहरू एकाएक सेलिब्रिटी बने । अब पालो कुलु काकाकै हो । काकाले निकाल्ने घोषणा गरेको यो किताब यस वर्षको सबैभन्दा चर्चित र बढी बिक्री हुने किताबमा पर्नेछ । सायद कुनै ‘घोस्ट राइटर’ले लेख्न थाली पनि सक्यो होला । र, कुनै प्रकाशन संस्थाले अग्रिम रोयल्टी पनि प्रदान गरिसक्यो होला ।

काकाले तत्कालीन राष्ट्रपतिले अवकाश पाएर घर बसिसकेका रुकमांगदलाई आधारातमा किर्ते र रकमी चिट्ठी थमाएर प्रधानसेनापति बनाई आफूलाई सिध्याएको आरोप लगाएका छन् अन्तर्वार्तामा । एउटा सरकारी सिपाहीका यस्ता साहसिक भनाइलाई पुस्तकका रूपमा ल्याएपछि त्यो हिट नहुने कुरै छैन । तत्कालीन भारतीय अर्थमन्त्रीले हाम्रा राष्ट्रपतिलाई फोन गरेर कटवाल काकालाई ‘वो हमारा सेनापति है’ भनेको भनेर तपाईंले बताएको कुरा पुस्तकलाई हिट बनाउने अर्को चर्को मसला हुनेछ काका ।

कटवालको निर्देशनमा तपाईंको घर घेराउ गरिएको, घरबाट निस्कने गौँडाहरूमा तपाईंको निगरानी गर्न मान्छे खटाएको, मोटर र मोटरसाइकलले पिछा गरेको तर मार्लान् नै भन्ने नलागेको भन्ने तपाईंका सनसनीपूर्ण विचारलाई अझै बढाएर भयंकर रूपमा प्रस्तुत गर्नु होला । यसले पुस्तकलाई आगो बनाउनेछ । भएका कुरा मात्रै लेखेर कोही हिट भएको छैन । सुनेको, अनुमान गरेको, शंका लागेको इत्यादि कुरालाई हो नै भनेर ठोकेर लेख्नुपर्छ । कटवालजी टेन्सनमा आएपछि मुखबाट फिज निकाल्थे, अर्कै रूपमा देखिन्थे भनेर तपाईंले भन्नुभयो । त्यो रूपको विस्तृत वर्णन गर्नु होला । ठूूलो आवाज निकालेर कराउँथे अथवा रिस थाम्न नसकेपछि सुरुवालमा पिसाव फेर्थे भनेर ठोक्दिनोस् । सत्यता, सभ्यता र शालीनता मात्रै लेखेर किताब पठनीय हँुदैन अचेल । योचाहिँ लेख्नु हुँदैन कि, समाजले पचाउँदैन कि भनेर सोच्नुपर्ने कुनै विषय छैनन् काका । देशै टुक्र्याएर अर्कै देश खडा गर्छु भन्न पाइने समय हो यो । कटवाल र छत्र काकाहरूका कुनै यौन काण्ड छैनन् ? छैनन् भने रचना गरेर भए पनि ठोक्नूस् । पाठकको रौँ ठाडो ठाडो हुने गरी लेख्नूस् । सक्नुहुन्छ भने पञ्चायतकालमा वा द्वन्द्वकालमा सेनाले गरेका हत्या, हिंसा वा भ्रष्टाचार काण्डहरूको पर्दाफास गर्नूस् । तर, होस गर्नूस्, आफ्नो दोष देखाएर नलेख्नूस्, छत्र काकाहरूतिर फायर गर्नूस् । आत्मकथामा आफ्ना कमजोरी देखाइँदैन ।

अन्तमा, आफैँले भात खाएका थालमा आफैँले फोहोर गर्नु हुन्छ र भनेर नसोच्नूस् । आँखा चिम्लेर लेख्नूस् । तपाईंको किताबले बिक्रीको रेकर्ड राख्नेछ, तपाईं अमर लेखक बन्नुहुनेछ । अग्रिम शुभकामना ।

नेपाल, वैशाख १५, २०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x