सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘तुलसीको पात’ सार्वजनिक

Nepal Telecom ad

काठमाडौं । गजलकार प्रदीपकुमार मैनालीद्वारा लिखित गजल संग्रह ‘तुलसीको पात’ एक हप्ता अगाडि सार्वजनिक भएको छ ।

अनाममण्डलीले आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले सो गजल संग्रहको सार्वजनिक गर्नुभएको हो । मन्त्री पोखरेलले नेपाल संसारकै लागि अध्ययनस्थल ‘सांस्कृति विश्वविद्यालय’ भएको र त्यसको संरक्षण र सम्वद्धन गरी भावी पुस्तामा हस्तान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

मन्त्री पोखरेलले नेपाली साहित्यको माध्यमबाट मुलुकको आत्मनिर्भर परिर्वतन गर्न खबरदारी गर्ने खालको हुनुपर्ने आवश्यकता औल्याउनुभयो । विमोचन कार्यव्रmममा गजलकार मैनालीका गजलहरू विभिन्न स्रष्टाहरूले वाचन तथा समीक्षा गरेका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, गजलकार प्राज्ञ बूँद राणा, डा. देवी नेपाल लगायत अन्य अतिथिहरूले मैनालीलाई शुभकामना र सुझाव दिएका थिए ।

प्राज्ञ बूँद राणाले सरकारले संस्कृतिको जर्गेना गर्ने खालको ठोस काम गर्न आग्रह गर्नुभयो । स्थायी घर दोलखा सुन्द्रावती भई हाल भक्तपुर निवासी मैनालीको सङ्ग्रहमा ८४ वटा गजल सङ्ग्रहित छन् । हाल मैनाली अर्थशास्त्रमा विद्यावारीधिको अन्तिम तयारीमा रहेका छन् ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad