सुदन लुइटेलअग्रपङ्क्तिमा
जोजो थिए सम्झिनेको अग्रपङ्क्तिमा
तिनै छन् बिर्सिनेको अग्रपङ्क्तिमा ।
प्रतिक्षाको प्रतियोगिता हुन्थ्यो भने यदि
म हुने थिए पर्खिनेको अग्रपङ्क्तिमा ।
त्यही हो मैले अन्तर मनमा सजाएको मान्छे
जो छ भेट्दा तर्किनेको अग्रपङ्क्तिमा ।
पैसालाई सबथोक ठानिए प्रेम हुनेछ
किनिने र बेचिनेको अग्रपङ्क्तिमा ।
जाजरकोट, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest




































