साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै बीपिको चिन्तन ?

Nepal Telecom ad

नेता छन् भरमार प्राज्ञ जन छन्, शिक्षा लिएका युवा
बीपीभक्त भनेर गर्जन गरी, कुर्लीरहेछन् सदा ।
उन्कै चिन्तन स्पष्ट दर्शन सफा, नेपालको ‘वाद’ हो–
भन्छन्, किन्तु गरिन्न काम कहिल्यै, नेपाल बर्बाद भो ।।१।।

मन्त्री–दूत–प्रधान शीर्ष पदको, कुर्ची–बटुल्नेहरू
धेरै देश घुमेर शासन सिकी, भत्ता–असुल्नेहरू ।
उन्कै नाम भँजाउँदै, मुलुकको, सर्बश्व लुट्ने जन
बीपीभक्त भनेर बोल्नु कसरी ? मान्दैन मेरो मन ।।२।।
चूरो पक्ष ‘समाजवाद’ उनको, कल्ले फुलायो यहाँ ?
बीपीको ‘जनतन्त्र’ मन्त्र–युगको, कल्ले खुलायो यहाँ ?
आफ्ना चाकर–वंश–गोत्र धनका, दाता समाई सधैं ।
नेताको बदनाम गर्न कसियौँ, स्वार्थी भयौँ भक्त नै ।।३।।

आपैmलाई नियाल मन्थन गरी, अन्धा र पङ्गू जन
आपैmलाई सँमाल चिन्तन गरी, गन्धा हटाऊ मन ।
साँच्चै देश बनाउने मन भए, बोकेर उन्का कुरा
लागू गर्न तयार हौ पद लिई, बस्ने सबै टाकुरा ।।४।।

(बीपी चिन्तन प्रतिष्ठानको दोश्रो राष्ट्रिय सम्मेलन
२०७३ को २३ देखि २५ सम्म चल्ने कार्यक्रमको सन्दर्भमा)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x