साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भिक्षा मागेको शिक्षा

Nepal Telecom ad

हरेक सफलताका पछाडि एउटा निश्चित दृष्टिकोण हुन्छ । विना दृष्टिकोणको कार्य सधैँ शून्यमा परिणत हुन्छ । भनिन्छ, हजारौँ माइलको यात्रा मात्र एउटा विन्दुबाट सुरु हुन्छ । आजको अत्यन्त प्रतिस्पर्धात्मक जीवन यात्रामा मानिसलाई गाँस, बास जत्तिकै अनिवार्य भएको छ शिक्षा । शिक्षाविनाको जीवन र गुदीविनाको फल उस्तै उस्तै हुन्छ । हामी आफूभित्रका हजारौँ सपनाहरू आफ्नै अकर्मण्यताका कारण क्षण क्षणमा हत्या गरिरहेका हुन्छौँ । केवल कल्पनामा बाँच्ने हाम्रो स्वभावलाई परिवर्तन गर्ने आजसम्म कोही जन्मन सकेको छैन । विकसित राष्ट्रका बालकहरू विज्ञानसँग खेल्छन् । अन्तरिक्षमा रमाउने सपना देख्छन्, त्यो सपना पुरा गर्ने वातावरण सरकारले उपलब्ध गराउँछ अनि प्रत्येक सपना साकार हुन्छन् । आज मेरो देशका केटाकेटीहरू अझै बालुवामा शून्यताभित्र शून्यको खोजी गरिरहेका छन् ।

केही बुझ्नेहरू रातदिन मुसादौडमा सहभागी छन् मात्र आफू बाँच्नका लागि । बाँचेर बाँच्न देऊ भन्ने यथार्थ कक्षामा मात्र सीमित हुन पुग्यो । आज लामो समय कठोर दुःख सहेर भर्खर ताते गर्न लागेको शिक्षालाई घाँटी निमोठ्न विभिन्न नीति निर्माताहरू नै लागेको देख्दा यो देशमा साँच्चै नै सतीले सरापेको हो कि जस्तो लाग्न थालेको छ । आज देशमा शिक्षा र स्वास्थ्य जस्तो अपरिहार्य आवश्यकता पुरा गर्न विदेशी दातासँग भिख माग्नुपर्छ । त्यो पनि समयमा पाइँदैन । पाए पनि नब्बे प्रतिशत चाहिँ गोष्ठी र सेमिनारमै झ्वाम्म पारेर केवल दश प्रतिशत कार्यान्वयनका लागि कार्यक्षेत्रमा पुग्छ अनि कसरी सुधार हुन्छ स्वास्थ्यको ? कहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने उखान यहाँ सार्थक भएको छ । यदि तपाईँलाई चित्त बुझ्दैन भने एक चोटि शिक्षा नियमावली पल्टाएर हेर्नुस् न, चुरो कुरो ज्ञान भइहाल्छ नि !

देशको शैक्षिक अभाव पुरा गर्न हाल देशमा निजी विद्यालय प्रशस्त खोलिएका छन् । सरकारी विद्यालयको तुलनामा राम्रै गुणस्तर कायम पनि गरेका छन् तर अब अनिवार्य कम्पनीमा दर्ता गराएर उनीहरूलाई न घरको न घाटको बनाइएको छ । कम्पनी ऐन मानून् कि शिक्षा ऐन मानून् ती बिचराहरूले ! एउटै व्यक्तिले दुई वटा नाउमा खुट्टा हाले जस्तो भएन र यो त ? हिजोका कुर्सीमा बसेर कलम घुमाउनेहरूले यस समस्याका बारेमा सोचेनन् । त्यसैले अब नेपालमा बिस्तारै शिक्षा नियोजनतर्फ लाग्दै छ ।

पहिले भगवान्ले अत्यन्त राम्रो प्राणी बनाउँछु भनेर ठुलो परिश्रम गर्दागर्दै उँट बनेपछि दिग्दार भएर गुप्तवासमा ध्यानमग्न भए रे ! आजको नेपालको शिक्षा पनि अलिकति बेलायत, अलिकति भारत, अलिकति अमेरिकाको छनक छ तर आफ्नोपन हराएर ब्रह्माजीको उँट जस्तै बनेको छ । यसलाई बेलैमा सोचेर योग्य व्यक्तिले विवेक नपु¥याए अब शिक्षा विस्तार होइन, धेरै विद्यालय बन्द हुने अवस्थामा छन् । यति धेरै शिक्षामा लगानी भए पनि उपलब्धि शून्य छ ।

झापा, हाल  : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
गाली संस्कृति

गाली संस्कृति

देवीप्रसाद घिमिरे
लुटतन्त्र जिन्दावाद !

लुटतन्त्र जिन्दावाद !

देवीप्रसाद घिमिरे
हर्कको हर्ष र जेन्जीको भ्रम

हर्कको हर्ष र जेन्जीको...

देवीप्रसाद घिमिरे
आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

देवीप्रसाद घिमिरे
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
0
Would love your thoughts, please comment.x
()
x