साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोल गोल भेडा

Nepal Telecom ad

न भेडाको जस्तो सिङ छ
न भेडा जस्तो रौ छ
तर पनि गोलभेडा
यसको नाउ छ
न भेडा जस्तो भेडो छ
न जनता जस्तो भेडो छ
कसरी यो गोलभेडो छ !

बच्चा देखी बुढासम्म
सबले मन पराउने
कुनै फिल्मको अभिनेता जस्तो
खुर्सानी पाटीमा पनि ठीक छ
मुलाको पार्टिमा पनि बिक्छ
नेपाली नेता जस्तो ।

आलुमा पनि मिल्छ
काउलीमा पनि मिल्छ
यता पनि वाह
उता पनि वाह
गोलभेडा
क्या जिल छ ।

तरकारीमा मिसाउन
यसैलाई काटछन्
अचार बनाएर पनि
यसैलाई चाटछन्
कतै टमाटर
कतै टोमेटो
कतै गोलभेडा
अनेक छन यसका नाम
जेसलाई पनि
ट्वाक्क पारीदिने यसको काम ।

चाकरी गर्नमा वीर छ
सरकारी कर्मचारी जस्तो
बाल गोबिन्द पनि छैनन
कुनै ब्रहमचारी जस्तो
भिन्डी देखी करेलासम्म
भन्टा देखी बरेलासम्म
हरेकसँग मिल्छ
रातो पिरो हस्टपुस्ट
भैंसे जुका जस्तो
रगतले टिल छ ।

आन्दोलन गर्दा पनि
यै गोलभेडाले हान्ने
बाटोमा पोख्दा पनि
यै गोलभेडा नै छान्ने
यता पनि गोल भेडा
उता पनि गोल भेडा
बिचरा गोलभेडाले
कति दिन पो धान्ने ।

दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x