साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भण्डारीको ‘समीक्षा सौरभ’ लोकार्पण

Nepal Telecom ad

झापा, २०७३, बैशाख ३१ । कवि तथा साहित्यकार देवीचरण भण्डारी ‘सरोज’ द्वारा लिखित ‘समीक्षा सौरभ’ समालोचना सङ्ग्र्रहको भद्रपुर नगरपालिकाको संयुक्त वडा कार्यालयको सभाहलमा लोकार्पण गरिएको छ ।

पिण्डेश्वर क्याम्पस धरानका निवर्तमान क्याम्पस प्रमुख प्रा डा भीम खतिवडाको प्रमुख आतिथ्य प्रा.डा. द्वय टङ्कप्रसाद न्यौपाने, प्रा.डा. गोपालप्रसाद भण्डारी, भाषाविद् चूडामणि रेग्मी र श्रीमती वेदकुमारी रेग्मी, प्रा. डा. के .आर. खम्बु, नागरिक एफ.एम. भद्रपुरका प्रवन्ध निर्देशक चिन्तामणि दाहाल, कन्चनजंघा एफ.एम. बिर्तामोडका प्रवन्ध निर्देशक चन्द्र भण्डारी, त्रिफला राष्ट्रिय पुस्तकालय धुलावारीका सभापति तथा पुस्तकालय महासंघ झापाका सभापति प्रेमप्रकाश फलाहारीको विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथिहरूले सामुहिक रुपमा कृतिको लोकार्पण गरेका थिए । ज्ञात अज्ञात शहिदहरू प्रति एकमिनेट मौनधारण तथा सामुहिक राष्ट्रगान पछि प्रमुख अतिथिबाट पानसमा दीप प्रज्वलित र कवि शिरोमणि लेखनाथ पौडेलको तस्वीरमा माल्यार्पण गरिएको थियो ।

कृति लोकार्पण गर्दै प्रमुख अतिथि खतिवडाले देवीचरण भण्डारी सरोजको दृष्टि सौरभमा छरिएका कविता कथा उपन्यास निवन्ध सम्वद्ध विविध विधाहरूको चयन र स्रष्टागत संक्षिप्त चिनारी सहित प्रबृत्ति, वस्तु चरित्र भाषा शैली कथ्य सन्देश जस्ता कुराहरूको प्रकाश पाएिको बताउनु भयो ।

कार्यक्रममा विशेष अतिथिहरू प्रा. डा. टङ्कप्रसाद न्यौपाने, प्रा. डा. गोपालप्रसाद भण्डारी, प्रेमप्रकाश फलाहारी र चन्द्र भण्डारीले शुभकामना मन्तव्य राखेका थिए । लोकार्पित कृति ‘समीक्षा सौरभ’ को समीक्षा प्राध्यापक होम सुवेदीले गर्नुभयो । कृतिकारको परिचय कृतिकारकी पत्नी गीताकुमारी खनाल भण्डारीले गराउनु भएको थियो ।

कार्यक्रममा बुधवारे (झापा) का कवि टङ्क विकल्प, बेलवारी (मोरङ) का कवि इरान राई सेवक र तीला लेकाली, लक्ष्मीमार्ग (मोरङ ) का कवि धनजित पराजुली, चन्द्रगढी (झापा) का कवि हरि न्यौपाने र गरामनी (झापा) का कवि खिलप्रसाद शिवाकोटीले कविता वाचन गरेका थिए । गायक अर्जुन खरेलले भक्तराज आचार्यको चर्चित गीत ‘जहाँ छन् बुद्धका आँखा’ बोलको गीत गाएर सवैको मन जितेका थिए भने अर्की गायिका मधु खनालले कृतिकार भण्डारीद्वारा लिखित गजल गाएर मन्त्रमुग्ध बनाएकी थिइन् ।
कृतिकार भण्डारीले समीक्षाका क्रममा उठाइएका जिज्ञासाहरूको जवाफ दिँदै आफूले समालोचनाको क्षेत्रमा कलम चलाउनुको कारण बारे प्रष्ट पार्दै उपस्थित सवैमा आभार प्रकट गरेका थिए ।

लेखनाथ पुस्तकालय चन्द्रगढीका सभापति नवराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कृष्ण सुवेदी ‘निराकार’ र खगिन्द्रा खुसीद्वयले गरेका थिए । कार्यक्रमका सभापति घिमिरेले सवैमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन मन्तव्य र सचिव आरती पोखरेलले गीतका शब्दहरू मार्फत् सवैलाई स्वागत गरेका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x