टुट्ने, फुट्ने, फेरि जुट्ने तिम्रा बानी, कहिले छुट्ने !!
को राम्रो हो, को नराम्रो खै जनता कै, दिमाग भुट्ने !!
जुनै जोगी, आए पनि भो क्रान्ति भन्दै, जन्ता लुट्ने !!
नीति केबल, कागजी पन्ना नहोस् भोलि, मान्छे चुट्ने !!
चामल चाहिए, धान रोप्नु नराम्रो बानी, भुस कुट्ने !!
Δ
Fitkauli