साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाम छ साथी

Nepal Telecom ad

जाम छ साथी जाम छ
आज पनि आउन नसकिएला
भन बरु के काम छ
दश मिनेटको बाटोलाई घण्टौँ समय लाग्छ
यो जामै जामको शहरमा गाडीको धेरै माग छ
बाटो ठुलो बनाउलाई
न सरकार जाग्छ, न जनता जाग्छ
सानो तिनो विकासको लागि यहाँ
जसले पनि विदेशीको मुख नै ताक्छ ।

जाम छ साथी लामै जाम छ
आज पनि आउन नसकिएला जस्तो छ
बरु मोबाईलमै भन के काम छ
कोही बित्तो छोड्दा कुर्लने
कोही भित्तो फोर्दा उर्लने
जामको नामले शहर बद्नाम छ
बाटो बढाउने कुरोमा तथानाम छ
बनेको बाटो पनि कति बेकाम छ ।

मेघा सिटी भनेर के गर्नु
धुलो र हिलो जताततै तमाम छ
आज पनि जाम छ साथी ठुलै जाम छ
अब आउन नसकिएला जस्तो छ
बरु भन के काम छ ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x