साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटा हातमा तास छ

Nepal Telecom ad

एउटा हातमा तास छ
अर्को हातमा रम छ
तिमीलाई फुर्सद छैन होला
आफू त यसरी नै
बार्है महिना जम छ
भन तिमीभन्दा म के कम छ ।

मिर्मिरेले खेदेर तिमीलाई
सन्ध्याले फकाइ ल्याउँछ
मरेर जाने यो जिन्दगीमा
कस्को गोरु ब्याउँछ ?
आफू बाह्रै महिना
यसरी खेल्न भ्याउँछ
हिङ नभए पनि
हिङ राख्ने टालोको दम छ्
भन तिमीभन्दा म के कम छ ।

तिमी अमेरिका जाऊ वा अफ्रिका
उधोग चलाऊ वा पत्रिका
जति भए पनि धन कम छ
समय झन कम छ
किन कि
तिमीलाई खर्ब कमाउने मन छ
तिम्रो चैनमा खाली अमन छ
भन तिमीभन्दा म के कम छ ।

हो तिमीसँग धेरै
कारहरू होलान्
हारहरू होलान्
तर मृत्युको अगाडि यसको के दम छ
तिमीलाई जस्तो मलाई
न सुगर न दम छ
न चिन्ता न गम छ
त्येसैले
आफू त साथी हरेक दिन
यसरी नै जम छ
यसरी नै रम छ
विश्वास छैन भने
त्यो तिमीलाई भ्रम छ
भन तिमीभन्दा म के कम छ ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x