साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकारी जागिर

Nepal Telecom ad

पाँच वर्षमा २५ चोटी लोकसेवा, निगम, बैँक, संस्थान आदिको परीक्षा दिइयो, कहिल्यै पास भइएन । मैले सरकारी जागिर खाने आश मारेको थिएँ, २६ औँ पटकमा कताबाट फ्याट्ट ‪‎न्यायसेवा‬को ‎डिठ्ठामा‬ लिखितमा नाम निस्केछ । आगनका डिलाँ गएर सात फन्को नाचेँ ।
अन्तर्वार्ताको दिन पोखरा, लोकसेवाको कार्यालय गएँ ।

अन्तर्वार्तामा उपसचिव आएका रहेछन्, उनले सोधे–
घर कता हो ?
मैले भनेँ– स्याङ्जा ।
उनी– सुन्तला हुने ठाउँको रहेछौ, कसैलाई ‎सुन्तला दिनुपर्याे भने‬ के भनेर दिन्छौ ?
म बोलेँ– यी लिनुस् सुन्तला…
उनले भने– यसरी हैन, डिठ्ठा हुन खोज्ने मान्छे, ‎कानुनको भाषामा‬ भन !!

मैले सुरू गरेँ–
स्याङ्जा जिल्ला सेतीदोभान– ३ निवासी, म तिलकरामको नाति, बुद्धिसागरको छोरा, चिरञ्जीवी,
आगे,
राजिखुशी भई, पूर्ण इच्छा राखी, पूर्ण होस–हवासमा रही, कसैको डरधम्की तथा दबाबमा नआईकन, यो फल, जसलाई सुन्तला भनिन्छ, जसमाथि मेरो सम्पूर्ण स्वामित्व र हक छ,
आगे,
ऐ ऐ ऐ निवासी, बलबहादुरको नाति, कलबहादुरको छोरा, दलबहादुरलाई, पूर्वाेक्त फल सुन्तला ‪‎बोक्रा, रस, गुदी‬ र ‪‎बियो समेत प्रदान गर्दै,
आगे,
यो कुराको अधिकार पनि बिनाशर्त सुम्पिन्छु कि, तपाईं ऐऐऐ को सन्तान दरसन्तान, यो फल सुन्तलालाई ‪‎काटेर‬ खान, ‪‎छोडाएर‬ खान, ‎फ्रिजमा‬ राख्न, ‎चुसेर‬ खान या ‎जुस‬ बनाएर खान या नखानसमेत स्वतन्त्र हुनुहुन्छ,
आगे,
तपसिलको अधिकार पनि तपाईँमा निहित रहनेछ कि–
पूर्वाेक्त फल सुन्तला, बोक्रा, गुदी, रस तथा बियो ‎सहित‬ या ‎रहित‬, अन्य कुनै पनि व्यक्तिलाई आफुखुशी दान, बक्सिस, भेटी दिन नदिन सक्नुहुनेछ,
आगे,
साथमा, म घोषणा गर्दछु कि, आजभन्दा पहिला, यस ‪‎सुन्तलामाथि‬ रहेका, सम्पूर्ण ‎अंशवन्डा‬, ‎वादविवाद‬ तथा ‪‎मुद्दा मामिलाहरूको‬ जवाफदेही ऐऐऐ म हुनेछु,
आगे,
आज उप्रान्त यो सुन्तलासँग मेरो कुनै पनि प्रकारको प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध रहने छैन भनी,
ऐऐऐ निवासी फलाना फलाना ५ जना साक्षी राखी सहिछाप गरिदिञाँ, पछि इच्छापत्र फेरबदल वा जालसाँजी भए, कानुन बमोजिम सहुँला बुझाउँला….

उपसचिव अघि नै बेहोस् भैसकेका रहेछन्,
सुब्बा, अधिकृतहरूले गन्हाउने जुत्ता सुँघाएर होसमा ल्याए,

‎रिजल्ट‬ आयो, तर मेरो ‪‎नाम निस्केन‬ ।
मेरो ‎उगक्षमता‬ देखेर डराएछन् क्यारे !!

अहिले म चाहिँ खाडीमा १२ घन्टे डिउटी गर्दै छु ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x