साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पूर्ण नेपाली बोल्न खोज्दा

Nepal Telecom ad

देवघाट, महेश आश्रममा बस्थेँ । एक ताका शुद्ध नेपाली बोल्ने भूत चढ्यो । कामविशेषले नारायणगढ जानू थियो । रोयल देवघाट चढेँ र पोखरा बसपार्क पुगेँ । रिक्सा चढ्ने सोच बनाएँ ।
विनम्र भएर रिक्सावालासँग शुद्ध नेपालीमा सोधेँ–
‪“‎त्रिचक्रचालक‬ महोदय ! नारायणगढ नगरको ‪‎परिभ्रमण‬ गर्दा कति ‪द्रव्यहरू‬ ‪‎व्यय‬ हुनेछन् ?”
रिक्सावालाले भन्यो– नेपाली बोल मुला !!
मैले भनेँ– अवश्य श्रीमान् ! नेपालीमा नै वार्तालाप गर्दैछु ।
रिक्सावाला– पागल बनाएरै छोड्ने भो यसले, सिटमा बस भाइ ! कहाँ जाने हो ??
मैले भनेँ– ‎परिसदन‬ जानू छ । भाद्र र आश्विन महिनाको ‪‎विद्युत–शुल्क‬ प्रदान गर्नु छ ।
रिक्सावालाले सोध्यो– यो परिसदन के हो फेरि ?
छेउमा उभिएका एकजना सज्जनले भनिदिए– बिजुली अफिस जाने रे यो भाइ, लगिदेऊ ।
रिक्सावालाले टाउको कन्याउँदै भन्यो– बस् बाहुन छिटो !!

बाटोमा मैले रिक्सावालालाई सोधेँ– यो नगरीमा कति संख्यामा ‪‎छवि–गृह‬ छन् ?
रिक्सावाला– छवि–गृह मतलब ?
मैले भनेँ– चलचित्र मन्दिर !
उसले भन्यो– यो ठाउँमा धेरै मन्दिर छन् भाइ !
गणेश मन्दिर,
शिव मन्दिर,
लक्ष्मीनारायण मन्दिर,
दुर्गा मन्दिर
अनि ऊ त्यो पछाडिको डाँडामा ‪‎मौलाकाली‬ मन्दिर छ ।
मैले भनेँ– महोदय ! मैले त चलचित्र मन्दिरको विषयमा प्रश्न गर्दै छु, जहाँ नायक–नायिका प्रेमालाप गर्छन् ।
रिक्सावालाले टाउको कन्यायो– यो चलचित्र मन्दिर भनेको के हो फेरि ?

ऊ खै के सोच्दै थियो, यत्तिकैमा उसको रिक्सा अगाडिको गाडीमा गएर ठोकियो । रिक्साको अगाडिको पाङ्ग्रो टेढो भएछ, र हावा खुस्केछ ।
मैले भनेँ– त्रिचक्रचालक ! तिम्रो त्रिचक्रको अग्र चक्र त वक्र भएछ ।
उसले नराम्ररी हप्काउँदै भन्यो– तेरा बाउको खप्पर !
छिटो झर, ग्यारेज नजिकै छ, हावा हाल्नपरो ।
नजिकैको पन्चर टाल्ने ठाउँमा पुगेर मिस्त्रीलाई
मैले विनम्र अनुरोध गरेँ– ‎त्रिचक्रवाहिनी–सुधारक–महोदय‬ !
कृपया, तपाईंको ‪‎वायु–निवेशक–यन्त्रद्वारा‬ म आरोहण गरेको यो त्रिचक्रको अग्र चक्रमा वायुभरण गरिदनुहोस्, धन्यवाद !!
मिस्त्रीले भन्यो– तेरीमा साले ! बिहानैदेखि एक पैसा बोहनी भएको छैन, तँ आउन नपाउँदै शिलोक सुनाउँछस् ???

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x