फित्काैली डटकममनमैया र घरमैया
समयले जुराएको सामिप्यता थियो । आत्मियताका दुइ मनहरु । एउटी बैंकमा काम गर्थि अर्कि चाहि अस्पतालमा । समयको दौडानमा उठबसको क्रम बढ्दै जाँदा ति दुइ मनहरु मैयामा परिणत भए । घरमा त घरमैयाको राज छँदै थियो ।
ईश्वर दाहिना थिए । समय अनुकुल थियो र बैंकमा भएको मेरो खाता पनि पोटिलो थियो । अनि त्यहाँ काम गर्ने मनमैयाको अनुहारमा पनि सोहि अनुपातमा चमक बढ्दै गएको थियो । मलाइ थाहा छ समय सँधै एकनाश रहँदैन । दिनहरु बिग्रन थाले । मेरो बैंक मौज्जाद क्रमशः घट्दै जान थाल्यो र ऋणात्मक भयो । त्यो संगै मनमैयाको अनुहार पनि अमिलो देखियो । निचोरेको कागति जस्तो ।
हो, दिनदशा बाजा बजाएर आउँदैन । स्वास्थ्यले पनि गति छोडेपछि म थलिएँ । एकपटक सम्पुर्ण चेकअप गराउन त राजा भनेर हस्पिटलमा काम गर्ने मनमैयाले सुझाव दिइन । कुरा मनाशिब थियो । नाइनास्ति गर्ने कुरै भएन । मेरो सम्पुर्ण चेकजाँचपछि सायद रिपोर्ट हेरि उसले । उसको अनुहार धमिलो थियो । मलाई यस्तो लाग्यो मेरो सामिप्यताले उनलाइ ग्लानि भइरहेछ । सायद उ मबाट टाढा हुन खोजिरहेकि छ ।
यतिबेला म घरको बिस्तरामा आराम गरिरहेछु । घरमैयाँको उहि सदाबहार सामिप्यता, आत्मियता र आफ्नोपन । उनको मुखमुद्रामा जे भावहरु थिए मेरो मनको भावहरु थियो । सुखका दिनहरुमा जति नजिक थिइन आजको यो कठिन घडिमा झन नजिक महशुस गरिरहेछु । बिगतमा अनेक बहानामा उनिलाई बञ्चित गराएर मनमैयालाई सुम्पेका आत्मियता र पलहरु सम्झेर पश्चातापमा पाकिरहेछु….. पाकिरहेछु ।
बसुन्धरा, काठमाण्डौ ।
Subscribe
Login
0 Comments
Oldest



































