लालकाजी श्रेष्ठढाँटेरनै जिन्दगानी चलाउँनेहरु
ढाँट्नेहरु ढाँटेरनै जिन्दगानी चलाउँछन्
मात्नेहरु मातेरनै जिन्दगानी चलाउँछन्
आफू माथि उठ्नलाई अरुलाई गाढ्छन् किन
गाढ्नेहरु गाढेरनै जिन्दगानी चलाउँछन्
आफ्नो बाटो खुलाउन मित्रै पनि मास्छन् कति
मास्नेहरु मासेरनै जिन्दगानी चलाउँछन्
ठुला सामु सज्जन बन्न सोझालाई चाट्छन् मान्छे
चाट्नेहरु चाटेरनै जिन्दगानी चलाउँछन्
निराशालाई पल्टाएर सँधैभरी नाच्छन् कोही
नाच्नेहरु नाचेरनै जिन्दगानी चलाउँछन् ।
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































