साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विशिष्ट सङ्गीतकार अम्बर गुरुङको निधन

Nepal Telecom ad

वरिष्ठ संगीतकार अम्बर गुरुङको ७९ बर्षको उमेरमा निधन भएको छ । काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको सघन उपचार कक्षमा उपचाररत गुरूङको यही ०७३ जेठ २४ गते विहान २ बजेर ३७ मनेटमा निधन भएको हो ।

भारतमा आन्द्रा सम्बन्धी रोग, मधुमेह, उच्च रक्तचाप तथा पार्किन्सन रोगको लामो उपचारपछि नेपाल फर्किएका गुरुङलाई खाने बित्तिकै वान्ता हुने समस्या देखिएछि अस्पताल भर्ना गरिएको थियो ।

पछिल्लो समय एस्पिरेसन न्युमोनिया, पेट तथा अन्न नलिको रक्तश्राव, मधुमेह र उच्च रक्तचाप लगायतका रोगसंग लडिरहेका गुरुङलाई स्वास प्रस्वासमा समस्या देखिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले जानकारी दिनुभयो ।

सन् १९३८ फेब्रुअरी २६ मा भारतको दार्जिलिङमा जन्मनुभएका गुरुङ नेपाली राष्ट्रिय गानका संगीतकार एवम् संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति हुनुहुन्थ्यो । नेपाली संगीत क्षेत्रको उत्थानकालागि महत्वपूर्ण योगदान गर्नुभएका वरिष्ठ संगीतकार गुरुङले सयौंको संख्यामा लोकप्रिय र कालजयी नेपाली गीतहरूमा संगित भर्नुभएको छ ।

गोरखा जिल्लाको रिसिङ पुर्खौली घर भएका गुरुङ बि.स २०५२ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानको निर्देशक रहनुभएको थियो । नौ लाख तारा उदाए बोलको गीतबाट नेपाली संगीतमा उदाएका गुरुङले अक्षरका आवाजहरू गीतिसंग्रह, कहाँ गए ती दिनहरू, कहिले लहर कहिले तरंग र सम्हालेर राख लगायतका कृति रचना गर्नुभएको थियो ।

संगीतको साधनामा पाँच दशकदेखी लागी परेका गुरुङलाई नेपाली कला र संस्कृतिको उत्थान गरेको भन्दै २०५४ सालको जगदम्बाश्री पुरस्कारबाट सम्मान गरिएको थियो । उहाँलाई २०२८ सालमा गोरखा दक्षिणबाहु चौथो , २०३८ सालमा इन्द्रराज्यलक्ष्मी पुरस्कार, २०४७ सालमा छिन्नलता गीत पुरस्कारबाट सम्मान गरिएको थियो । उहाँका तीन छोरा र एक छोरी छन् ।

गुरुङको मङ्गलबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ आन्तिम दाह संस्कार गरियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x