साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनेसासले मनायो रजतजयन्ती

Nepal Telecom ad

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको रजत जयन्ती विविध साहित्यिक कार्यक्रम गर्दै मनाएको छ । जुन ४ र ५, २०१६ मा अमेरिकाको भर्जिनियामा विभिन्न कार्यक्रम गर्दै रजत जयन्ती मनाइएको हो । जुन ४, २०१६ का दिन भर्जिनियामा आयोजित एक समारोहमा बोर्ड अफ ट्रष्टीका सभापति डा. श्याम कार्की, केन्द्रीय कार्यसमितिका अध्यक्ष पदम विश्वकर्मा र संस्थापक अध्यक्ष होमनाथ सुबेदीले संयुक्तरुपमा केक काटेर रजतजयन्ती कार्यक्रम सुरुवात गरिएको थियो ।

कार्यक्रमको दोस्रो दिन जुन ५ मा अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्की र डा. श्याम कार्कीले संयुक्तरुपमा बेलुन उडाएर रजतजयन्ती समारोहको उद्घाटन गरे । प्रमुख अतिथि, विशिष्ट अतिथिहरूबाट साहित्यकारको तस्वीरमा माल्यार्पण पश्चात पन्चकन्याहरूबाट नेपाली र अमेरिकी राष्ट्रिय गीत प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्ष पदम विश्वकर्माले स्वागत मन्तव्यबाट स्वागत र छन्द कवि दुर्गा रिजालले स्वागत कविताबाट स्वागत गरिएको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई अभिनन्दन गरिएको अभिनन्दनपत्र र संस्थापकहरू, पूर्वअध्यक्षहरू, ट्रष्टी सदस्यहरू, अन्तरदृष्टिका प्रधान सम्पादकहरू, अनेसास सञ्चार डबलीका सञ्चालक, दर्पणका प्रधान सम्पादक, छन्द अलंकारका सम्पादक, विधान संशोधन समितिका संयोजकहरू, पुरस्कार समितिका अध्यक्षहरूलाई रजतजयन्ती पदक, मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा रजत जयन्ती स्मारिका, अनेसासको इतिहास र प्रथम अन्तर्रा्ष्ट्रिय महिला सम्मेलनको स्मारिका विमोचन गरिएको थियो । कार्यक्रममा नेपाली राजदुत डा. अर्जुन कार्की, पूर्वअध्यक्षहरूको तर्फबाट गीता खत्री, अनेसास पुरस्कार समितिका तर्फबाट सीता पाण्डे, संस्थापकहरूको तर्फबाट होमनाथ सुवेदी, र विमोचित कृतिहरूका बारेमा प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेलले धारणा राखेका थिए ।

दोस्रो सत्रमा अनेसासको भावी कार्य्दिशाको बारेमा छलफल गर्न आयोजित अन्तक्र्रिया कार्यक्रममा अनेसास डीसी च्याप्टरका अध्यक्ष रामप्रसाद खनाल, अनेसासका उपाध्यक्षहरू भीमसेन सापकोटा र प्रकाश पौडेल, पूर्वअध्यक्षहरू वसन्त श्रेष्ठ, पुरु सुवेदी, मोहन सिटौला र भिम रेग्मी, साहित्यकार गोविन्द गिरी प्रेरणा, पर्थ च्याप्टरका अध्यक्ष गणेश घिमिरे, साहित्यकार कृष्ण धराबासी, राजेन्द्र केसी, गोविन्दसिंह रावत, अनु शाह, तिर्थराज अधिकारी, एचबी भण्डारी, एलबी छेत्री, ईश्वरी गौतम, गोपाल रेग्मी, चन्द्रप्रसाद भट्टराई, राजेन्द्र श्रेष्ठले सुझाव दिएका थिए ।

कार्यक्रममा अध्यक्ष पदम विश्वकर्माले जिज्ञासाहरूप्रति जानकारी गराउँदै अनेसासको वर्तमान अवस्था, यसका गतिविधिहरू, यसका भावी रणनीतिहरूका बारेमा मन्तब्य प्रकट गरेका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x