साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनलाइन आतंक

Nepal Telecom ad

जनस्वास्थ्य विशेषज्ञ डा. रवीन्द्र समीर भन्छन्, ‘फेसबुक व्यक्तिको नीजि पत्रिका हो, पोस्टहरू सूचना–समाचार अनि तपाईं त्यसको सम्पादक हो !’ यसको अर्थ हो— सामाजिक सञ्जाल अब कसैको निजी मामिला रहेन । के लेख्ने, के नलेख्ने, कस्तो तस्बिर ट्याग गर्ने, कस्तो भिडियो सेयर नगर्ने भन्ने कुरामा फेसबुकका प्रत्येक ‘सम्पादक’ ले सचेत हुनुपर्छ भन्ने गजुरियल ठम्याइ छ ।

आजको दुनियाँमा ‘अनलाइन इन्फोटेन्मेन्ट’ जति लोकप्रिय हुँदैछ, यसको आतंक पनि त्यति नै फैलँदो छ । किनभने सामाजिक सञ्जालको प्रयोगद्वारा सूचित हुनेहरूको संख्या जति छ, यसको दुरुपयोगबाट पीडित हुनेहरू त्योभन्दा बढी छन् । एकाउन्ट ह्याकिङ, फोटो ट्यागिङ, च्याट मिस युजिङ, फेमिली डिटर्बिङजस्ता कारणले मानिस नीकै पीडामा परेको छ । भलै त्यो पीडा अहिले छरपस्ट भएको छैन, तर मानसिक रूपमा भुसको आगोजस्तै सल्किइरहेको गजुरियल ठम्याइ छ ।

गलत समाचार, द्विअर्थी सन्देश, हिंस्रक सूचना, आतंकित भिडियो, डरलाग्दा तस्बिर अनलाइन आतंकका थप शैली हुन् । कमलो स्वभावका मानिसहरूमा कुन समाचार सही हो, कुन सूचना गलत हो भन्ने विश्लेषण गर्ने क्षमता कम हुन्छ । कुन सन्देशलाई मनमा ग्रहण गर्ने र कुनलाई एक कानले सुनेर अर्को कानले उडाइदिने ज्ञान नहुँदा हामी अनलाइन आतंकको चपेटामा परेका हौं ।

अनलाइन प्रयोगकर्ताहरूले बुझ्नुपर्छ, इन्टरनेटमा आएका सबै समाचार सत्य हुँदैनन् । तिनीहरू कतिपय नियतवश अपलोड गरिएका हुन्छन् । जस्तो कि कसैलाई लाइक बढाउनु छ, कसैलाई भिजिटर थप्नु छ, कसैलाई कसैको बेइज्जत गर्नु छ, कसैलाई कसैको प्रमोसन गर्नु छ आदि–इत्यादि । आफ्नो नीच स्वार्थ पूरा गर्न उनीहरू आकर्षक शीर्षकरतस्बिर कभरमा राखेर आफ्नो पेजमा र्पुयाउँछन् र हामीलाई गुमराहमा राख्छन् । यो ‘इमोसनल ब्ल्याकमेलिङ’ लाई हामीले बुझेनौं भने प्रविधिलाई हामीले होइन, हामीलाई प्रविधिले नियन्त्रण गर्नेछ ।

यो आतंकबाट जोगिने प्रयास नभएका पनि होइनन्, तर आतंककारीहरूले नयाँ–नयाँ तरिकाले आतंकित पारिहाल्छन् । कतै ‘फोटो लाइक गरे फल मिल्ने’ आश्वासन दिन्छन् । कोही भिडियो सेयर गरे भाग्य चम्कने सपना बाँड्छन् । यसरी उनीहरू हाम्रो भावनामाथि अनलाइन खेलबाड गर्छन् । कस्ता समाचार पढ्ने, कस्ता अस्वीकार गर्ने, कस्तालाई उजुरी गर्ने, यो हाम्रो मुख्य समस्या हो । यो समास्याबाट जोगिएनौं भने कालान्तरमा हामी व्यक्तिगत र मानसिक रूपमा भुत्ते हुनेछौं ।

त्यसैले अनलाइन आतंकबाट जोगिन यहाँ केही गजुरियल अनुभव सेयर गर्दैछु । पहिलो कुरा, आफूलाई चाहिनेबाहेक अरू अनलाइनहरू सस्क्राइब गर्दै नगर्ने कुरा व्यवहारमा लागू गरौं । जस्तो कि, विश्लेषणात्मक समाचारका लागि एउटा जेन्युन वेबसाइट हेरे पुग्छ । मनोरञ्जनका लागि कुनै चल्तीको अनलाइन भिजिट गर्ने । राजनीतिमा रुचि भएकाले दुई–तीनवटा अनलाइन हेरे लगभग नेपालको राजनीति बुझ्न थप साइटहरूको लोड लिइरहनु पर्दैन भन्ने गजुरियल अनुभव छ । त्यसैले गजुरियल विश्लेषक भन्छ, पाँच–सातवटा राष्ट्रिय र आठ–दसवटा अन्तर्राष्ट्रिय साइट हेरे पुग्छ ।

दोस्रो कुरा, कसैले तपाईंलाई अनावश्यक सेयर र ट्याग गर्छ भने त्यसलाई एकपटक अनुरोध गर्नुहोस्, दोस्रो पटक सुझाव दिनुहोस् र तेस्रो पटक सोझै ब्लक गरिदिनोस् । आफ्नो लिंकमा भएका सबै अनलाइनका समाचार पढ्न थालियो भने हाम्रो मन चञ्चल हुन्छ, मस्तिष्क अस्थिर हुन्छ र बुद्धि भ्रष्ट हुन पुग्छ । कुनै पनि समाचारको शीर्षक मात्र हेरेर विश्लेषण नगरौं वा कुनै निष्कर्षमा नपुगौं ।

अनलाइनमा आउने धेरै शीर्षक र त्यसको विस्तृत समाचारबीच कुनै सम्बन्ध देखिँदैन । याद राख्नोस्, तपाईं–हाम्रो मस्तिष्क पवित्र ज्ञानहरूको मन्दिर हो, अनावश्यक कुरा राख्ने कन्टेनर होइन ।

साप्ताहिक, जेष्ठ २३, २०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x