साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिजुलीका चार भोल्ट

Nepal Telecom ad

बिजुलीपानीको नाङ्गो तार– १

हजुर !
सार्वजनिक ठाउँमा,
नांगो बिजुली तार छोएर
मेरो लोग्ने भयो बेहोश
यो त कार्यालयकै छ दोष,
जवाफ फर्काइयो
दोष कस्तो दोष
हामी त शतप्रतिशत छौं निर्दोष,
शहरको बिजुली काटिएको
तीन दिन भै सक्यो,
अलिक पुर्याउनुस् होश।

टर– टरर इन्भरटर– २

हजुर !
एउटा त यस्तो गर्मी
त्यसमाथि स्वास्नीको कर कर,
कसरी गर्ने बन्द यो टर–टर,
जवाफ फर्काइयो
चुपचाप ल्याएर लगाइदिनुस् घरमा
बत्ति, पंखा टिभी सबै चल्ने
‘इन्भरटर’ ।

लोडसेडिङ र नेतालोडिङ– ३

हजुर !
यो लोडसेडिङ कहिले घट्छ ?
जवाफ फर्काइयो
जुन दिन विद्युतमाथि
नेतालोडिङ हट्छ ।

बिजुलीपानी– ४

हजुर !
यो आकाशे बिजुली
र हाम्रो बिजुलीमा फरक के छ ?
जवाफ फर्काइयो
बिजुली र बिजुलीपानीमा जे छ ।

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
मगजको गन्थन-मन्थन

मगजको गन्थन-मन्थन

लक्ष्मण नेवटिया
समयको सर्कस

समयको सर्कस

लक्ष्मण नेवटिया
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
म हुँ अक्षरको किसान

म हुँ अक्षरको किसान

लक्ष्मण नेवटिया
हे सुन ! कुरा सुन !!

हे सुन ! कुरा...

लक्ष्मण नेवटिया
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x