साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वा नेताज्यू वा

Nepal Telecom ad

भाडाको ट्याम्पुमा
थोत्रो ढ्वाङ्ग घन्काउँदै आयौ
हात जोडी ङिच्च हाँसी
चुत्थे स्वाँङ झल्काउँदै आयौ
बिकालु कार्यकर्ताको
धोत्रे घोक्रो सुकाउँदै आयौ
घिचेको विकास सबै पचाई
भित्री खोक्रो लुकाउँदै आयौ
मुख देखाई नवीकरण गराई
दुई चार बर्ष भाग्न आयौ
वा नेताज्यू लाज पचाई
फेरि भोट माग्न आयौ ?

भोग तिम्रा मेट्ने बलि
यत्रतत्र देखी आयौ
सपना बाँडी ताण्डब गर्ने
घोषणा पत्र लेखी आयौ
कुकुर फूलको माला लगाई
नभको इज्जत बोकी आयौ
विदेशी भेटघाट सबै सकी
राष्ट्रिय गान ठोकी आयौ
डग्मगिँदै हिँडेको देश
खोल्चा तिरै जाक्न आयौ
वा नेताज्यू लाज पचाई
फेरि भोट माग्न आयौ ?

अस्तीसम्म नचिन्नेले
चिन्दै आज हेर्न आयौ
यत्रो तन्त्र त्यत्रो तन्त्र
भुत्रो तन्त्र फेर्न आयौ
पसिनाको मेरो कमाई
लुटी भुँडी भर्न आयौ
कुटनीतिक पासपोर्ट बेच्ने
व्यापार फेरि गर्न आयौ
भाइ मारेको मुहार तिम्रो
कुर्सीभित्र ढाक्न आयौ
वा नेताज्यू लाज पचाई
फेरि भोट माग्न आयौ ?

चुनाव अर्को नआइकन
तिमीलाई भेट्न पाउने हैन
तिमी पनि हामीलाई सम्झी
फर्की फेरि आउने हैन
त्यसैले क्या नेताहरु
एउटा प्रश्न तिमीलाई गरुँ ?
पुँजीवादले किन यहाँ
हतियार देखाई चन्दा माग्छ ?
कम्युनिष्टको नेताले नी
अरबौँको जेथा राख्छ ?
सिद्धान्तलाई घाममा सुकाई
स्वार्थी सितल ताप्न आयौ
त्यसैले त लाज पचाई
फेरी भोट माग्न आयौ ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x