साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झण्डै मरी बाहुनी

Nepal Telecom ad

साथै जान्छु भनी हिँडी मसँग नै भत्तेर अहो ! सम्झिँदै
धेरै खान्थेँ अघाउँजी बिनिबिनि चोक्टा भनी हौसिँदै
लामो राल चुहाउँदै नजिक गै भाँडो चिनी मासुको
टाँस्सेकी कतिबिध्न लाज नभई टाँस्सिन्छ जस्तै जुको
हाली टन्न भरेर स्थूल टपरी पाएकी के त्यो जुनी
खाँदैथी तर अड्कियो गजबले झण्डै मरी बाहुनी
(१)
रोटी बाइस थे अचार पनि ता खाई नसक्नै थियो
थर्काई जजमान श्राद्ध विधिमा जो माग्न खोजेँ दियो
‘भोकाकाहरूलाई दे न अघिकै बासी थिए’ भन्दिएँ
के दिन्थी गलगिद्ध खाई नजिकै मै ट्वाल्ल हेर्दै थिएँ
खाई पेट दुख्यो दयालु कुन छन् ? भन्छन् सबैले खुनी
रोटी बाइस औ अचार हसुरी झण्डै मरी बाहुनी
(२)
देखी क्यै फलफूल साग अथवा दाम्लो र नाम्लो भने
जुत्ता चप्पल वा मस्याङ् र मसला सम्झन्छ मनले भने
मागी ल्याउन सक्तछे गजबकी सित्तैं उडाईकन
खान्छे लोभ गरी मिठो र मसिनो हातै डुबाईकन
स्वास्नी पौरखिली धनी र गतिली ल्याएँ नि मैले चुनी
एकदिन सातु बढी हसुर्न पुगिछे झण्डै मरी बाहुनी
(३)
जान्छौ पुत्रहरू लिई गरगरी लर्केर जम्मै जना
दिन्छन् दूध, दही र खीर पनि क्वै भोजन भनी ब्राह्मण
पाई मुछ्न भने अझै दलबदी केरा सँगै दूधमा
‘भो’ भन्नै मन हुन्न गर्नु अब के ! भूतै बस्यो पेटमा
यस्तै एक घट्यो असाध्य घटना खाएर के भन्नु नि
केरा थुप्रिइँदा र खीर चुलिँदा झण्डै मरी बाहुनी
(४)
कमलाकुञ्ज, ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x