साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हन्डर सास्ती खूब खाइयो !

Nepal Telecom ad

मन धनमा छ, तन किर्तनमा, भक्ति रसको भेल चाहियो,
चञ्चल मनलाई चञ्चल जगमा निश्चल सुखको खेल चाहियो,
जानी नजानी भए गरेका पुर्न कुकर्म धर्म चाहियो,
तर चाहिएको केही पाइएन, हण्डर सास्ती खूब खाइयो !

मुक्ति पाउने जुक्ति गर्दै भक्ति गरेको शक्ति चाहियो,
असल काम गरेवापत धेर प्रशंसक व्यक्ति चाहियो,
तीर्थ गइयो, भजन गाइयो, सट्टामा सुख चाहियो,
तर चाहिएको केही पाइएन, हण्डर सास्ती खूब खाइयो !

केही दिनको पूजा–पाठले पुस्तौं पुस्ता सुख चाहियो,
दिउस रोपेको सुकर्मको साँझ फलेको रुख चाहियो,
क्षणभर प्रभुको ध्यानको सट्टा अपार ज्ञान भण्डार चाहियो,
तर चाहिएको केही पाइएन, हण्डर सास्ती खूब खाइयो !

मुठ्ठीभरको दान गरेर जीवनभरलाई बरदान चाहियो,
दया रत्तिभर गरेवापत तीनै लोकको सम्मान चाहियो,
पुग्यो पूजा–पाठ निराकारको, अब ता दर्शन नोट चाहियो,
तर चाहिएको केही पाइएन, हण्डर सास्ती खूब खाइयो !

शरीर वृद्ध भो, बुद्धि मन्द भो, छिटो अब धेर ज्ञान चाहियो,
एक गुरुमा कत्ति ज्ञान होला ? गुरु तुरुन्तै धेर ज्ञान चाहियो,
सप्पै गुरुको सप्पै ज्ञान जोडी जम्मै ज्ञान चाहियो,
तर, न गुरु पाइयो न ज्ञान पाइयो, हण्डर सास्ती खू खाइयो !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x