साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मैले देखाउन धेरै कमाल बाँकी छ !

Nepal Telecom ad

खूब चुसे हगि पाकेका रसिला आँपहरू सबले ?,
त्यही चुसिएको आँपको मेरो यो छाला र गाला बाँकी छ,
कस्तो मीठो मानेर खाए कलिला काँक्रा सबैले,
त्यही काँक्राको अब यो रित्तो झाल बाँकी छ !
अझै गहिरिएर हेर यी चाउरी मेरा,
मैले देखाउन तिमीलाई धेरै कमाल बाँकी छ !

फुलेकै हो कपाल, झरेकै हो दाँत,
तर कसका लागि फुले र कसका निम्ति झरे ?,
सोध्न अझै तिमीले यो सवाल बाँकी छ,
गहिरिएर हेर यो कुप्रो शरीर,
मैले देखाउन तिमीलाई धेरै कमाल बाँकी छ !

मैले मेरो फूर्ति त सूर्ति थुकेझंै थुकिसकेँ,
बेहोसी पार गरी होशमा आइसकें
आँसु त जिन्दगीमा कति बगे बगे,
आँसु पुछ्न अझै मेरै रुमाल बाँकी छ,
गहिरिएर हेर यो कम्जोर शरीर,
मैले देखाउन तिमीलाई धेरै कमाल बाँकी छ !

अझै कसैका छोरा, छोरी, नाति र नातिना छौ तिमी,
हजुरबुबा र हजुरआमा बन्नै बाँकी छ ।
“कस्तो देखिन्छ हँ संसार बूढो भएपछि ?”
सोध्न अझै तिमीले मलाई यो सवाल बाँकी छ ।
गहिरिएर हेर मेरा धमिला आँखा,
मैले देखाउन तिमीलाई धेरै कमाल बाँकी छ !

म त घरबारमा नअटाएर संसारभरि छरिएको मान्छे,
तिमीले त समेट्न अझै तिम्रै घरबार बाँकी छ ।
यो हाल छ मेरो, त्यो चाल छ तिम्रो,
हालचालपछि आउने कति बेहाल बाँकी छ ।
हेर्दै जाऊ गहिरिएर मलाई,
मैले देखाउन तिमीलाई धेरै कमाल बाँकी छ ।

तिमी मेरो कपाल देख्छौं, म तिम्रो गिदी देख्छु,
तिमी तरुना तरुनी देख्छौ, म स्त्री पुरुष देख्छु,
थिए बोसो र मासुको थुप्रा मेरा पनि,
तर अझै पनि यो कङ्काल बाँकी छ ।
हेर्दै जाऊ गहिरिएर मलाई,
यो कङ्कालले पनि देखाउन धेरै कमाल बाँकी छ ।

जिन्दगीको लामो लाइनमा अघि पुगें म त,
तिमी त अझै लाइनमा बस्नै बाँकी छ,
“कति बेर लाग्ला बा मेरो पालो आउन ?”
तिमीले सोध्न अझै यो सवाल बाँकी छ,
हेर्दै जाऊ गहिरिएर मलाई,
मैले देखाउन धेरै कमाल बाँकी छ ।

रित्तिएको जिउमा भरिएको बुद्धि,
कौवाले चाख्न अझै यो बेल बाँकी छ,
मेरा त सकिए सबै सवाल जवाफहरू
तिम्रो त धेरै सवाल बाँकी छ ।
हेर्दै जाऊ गहिरिएर मलाई,
मैले देखाउन धेरै कमाल बाँकी छ !
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x