साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हजुरबा

Nepal Telecom ad

हिजो म चिटिक्क चिटिक्कै परेर,
देखाइदिऊँ शहरलाई म यस्तो भनेर,
घुम्दा शहरमा नजर केही लडेथे,
युवक एक आई हजुरबा भनी गो !

त्यो झ्प्याप्ले त्यो लाउके, त्यो भाते भतुवा !
त्यो मूर्ख जस्तो महाकै लठूवा,
नजिकैमा आई यो नाडी समायो,
नमस्कार नमस्कार हजुरबा भनी गो !

मुसार्दै मेरो हात र हाँस्यो मुसुक्क,
सञ्चै तपाईंलाई, सोध्यो खुसुक्क,
मेरो हात उसले गालामा लगायो,
कता लाग्नु भा’ को ? हजुरबा भनि गो !

केही खान मन छ ? कता म पुरयाऊँ ?
थकाइ लागे भन्नोस् बसौं छ त्यो ठाउँ !
म बोल्नै सकिन, खुबै मन सकस भो,
म जाऊँ त सोधेर हजुरबा भनि गो !

निकै सम्झिएँ म चिन्छु कि भन्दै,
हामी दुवैलाई उसैले चिनाइगो ।
न त्यो मेरो नाति न त्यो मेरो जाती,
संस्कार उसको मलाई बुझाइगो !

अमिलो भयो मन, धमीलो नजरले,
पच्छ्याएँ निकै बेर ओझेलमा परिगो,
हिजो एक युवकले हजुरबा भनिगो,
बाँकी जीवनलाई सहारा दिइ गो !

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x