चट्याङ मास्टरफुलेको जवानी
(प्यारोडीः लोकगीत ट्याक्सी गुडाउँदै,
बाइरोडको बाटैमा धुलो उडाउँदै)
तीर्थ जाने ए ठूली नानी
फर्कि हेर फुलेको जवानी
जम्का भेटैंमा, जम्काभेटैमा
पिरती लाग्ला है मन्दिर गेटैमा ।
जागिर खाइयो, क्या हण्डर पाइयो,
छोरा छोरी विदेशै पठाइयो,
दुःखै गरेर, दुःखै गरेर
अब त हाँसौं न सँगै बसेर ।
ठिटाठिटी डिस्कोमा मस्त छन्,
केटाकेटी पढ्नमै व्यस्त छन्,
फुर्सद पाइया छ, फुर्सद पाइया छ
छमछमी नाच्नलाई साथी चाहिया छ ।
जिन्दगीमा धेरै थोक कमाइयो
कति पाइयो, कति चैं गुमाइयो
रहर बाँकी छ, रहर बाँकी छ
खुइलेको तालुमा कपाल बाँकी छ ।
सारा जीवन अरुकै लागि भो,
अब भने आनन्द लिनी हो,
थाक्नु थाकियो, थाक्नु थाकियो
काँचो थ्यो यो जीवन बल्ल पाकियो ।
बत्तिसपुतली, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































