साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्विमिङ, कविता र दही–चिउरा

Nepal Telecom ad

काठमाडौं, असार १५ गते बुधबार (संसाक) । ऐतिहासिक टोखा नगरीमा टोखा केब वाटर फन पार्क र संसाक पाक्षिकको संयुक्त आयोजनामा काठमाडौंको उत्तरी भेगमा अवस्थित दहीच्युरा काव्य गोष्ठी सम्पन्न भएको छ ।

उपप्रधान तथा रक्षा मन्त्री भीम बहादुर रावलको प्रमुख उपस्थितिमा ‘स्विमिङसँगै कविता, असार १५ र दही–चिउरा’ भन्ने नाराकासाथ तीन दर्जन बढी कवि, साहित्यकारहरूले स्विमिङ खेले, गीत, गजल र कविता गाए, नेवारी परिकारमा बनेको दही, चिउरा, तरकारी र अचार खाएर असार १५ मनाए ।

कार्यक्रममा ढिला गरि पुग्नुभएका उपप्रधान भन्त्री रावले आपूm भाषण गर्नभन्दा कविता सुन्न र सुनाउन आएको हो भन्दै ‘असार १५’ शीर्षकको कविता मार्पmत असारमा सबैले सुसंस्कार र राम्रा भावनाका बीउहरू रोपेर समृद्धिको फसल भित्र्याउन सकौं, तबमात्र देश शान्त र समृद्ध बन्नसक्छ भन्नुभयो । म विगत ४ दिनदेखि संसदमा रहेको अवरोधलाई निकाश दिंदै हतार हतार यहाँ आएको छु, भन्दै उहाँले तत्कालै लेखेर बडो रसिक पारामा कविता वाचन गर्नुभएको थियो ।

विशिष्ट अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले पश्चिम नेपालतिर गाइने थारु गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अतिथिहरू प्रा.डा. रमेशचन्द्र अधिकारी, डा. शैन्दुप्रकाश नेपाल, डा. सत्यराज थपलिया, कवि प्रभात सापकोटा सबैले कविता गाउनु भएको थियो ।

कविता प्रस्तुत गर्ने अन्य कविहरूमा– दामोदर पुडासैनी किशोर, गुप्त बहादुर श्रेष्ठ, बाबा वस्नेत, शशी थापा पण्डित, राधेश्याम लेकाली, विजयध्वज थापा, हरिप्रसाद पाण्डे, जगदीश्वर पोखरेल, मणिराज सिंह, सन्ध्या पहाडी, यशोदा अधिकारी, हुनुहुन्थ्यो । त्यसैगरी उपमा आचार्य, सुरेश सुवेदी, श्यामराज पाठक, राधा कार्की, गीता कार्की, डिल्लीप्रसाद मूलतिहुन, विशाल पहाडी, भगवती रोका भुमिका र बेनी बहादुर थापाले पनि कविता गाउनु भएको थियो । त्यस्तै जसध्वज गुरुङ, धरणिधर गुरागाईं, तारा के.सी., द्वारिका कुइँकेल, सबिना सिन्धु, सुनिता सापकोटा, प्रदीप मैनाली, पुकार पराजुली, मदन श्रेष्ट, राधा पाठक पाण्डे र लक्ष्मी एडीले पनि कविता सुनाउनु भएको थियो ।

कार्यक्रममा कवि, साहित्यकारहरूको स्विमिङ खेलाई, टोखा केबका साथीहरूको संगीत प्रस्तुति, नेवारी खाजा खुवाई, भाषण बिनाको कविता वाचन, पानी पर्दै उघ्रदै गरेको रमाइलो दिन आदिले कार्यक्रमलाई विशेष आकर्षित पारेका थिए ।

टोखा केबका अध्यक्ष सुशान्त डंगोलको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा टोखा केब कम्पनीका सदस्य मणिराज डंगोलले स्वागत भाषण भर्नुभएको थियो । कार्यक्रमको सम्पूर्ण संयोजन संसाकका सम्पादक÷प्रकाशक उमेश पाण्डेले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x