साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऋषि बस्ताकोटीको मुक्तक प्रथम

Nepal Telecom ad

इजरायल, १४ साउन । २०३ औँ भानु जयन्तीको उपलक्ष्यमा विश्व नेपाली साहित्य महासंघ इजरायल र साउदी शाखाहरूले संयुक्त रूपमा आयोजना गरेको खुल्ला विश्वब्यापी अनलाइन मुक्तक प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ ।

विश्वभर छरिएर रहेका मुक्तककारहरूलाई एकैथलोमा उपस्थित गराउन र यस विधालाई अन्य विधा जस्तै सशक्त बनाएर लैजान, स्रष्टाहरूलाई अझ हौसला दिँदै अगाडि बढ्न प्रेरित गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको थियो ।

प्रतियोगितामा देश प्रेम, संस्कार संस्कृति, प्रकृति प्रणय, समाज राजनीति, विकृति विसङ्गति आदि विषयमा केन्द्रित रहेर विश्व भरिबाट प्रतियेगितामा सामेल भएका मुक्तकहरूको प्रतिस्पर्धामा क्यानाडाबाट ऋषि बस्ताकोटी प्रथम, दक्षिण कोरियाबाट जीवन खत्री दोस्रो, नुवाकोटकी संगिता पनेरु तेस्रो र टर्कीबाट बिन्दा लामा तृष्णाले चौथो स्थान प्राप्त गरेको र पुरस्कारको लागि विजेता श्रष्टाहरूल्लाई छिट्टै सम्पर्क गरिने कुरा महासंघले एक विज्ञप्ति मार्फत जनाएको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x