साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सन्ध्या पुरस्कार र सम्मान घोषणा

Nepal Telecom ad

विगत पाँच दशकदेखि वैचारिक एवम् प्रगतिवादी साहित्यका माध्यमबाट नेपाली समाजको समग्र रूपान्तरण गर्ने अभियानमा समर्पित हुँदै विशेष गरी कविता र कथा लेखनमा सक्रिय रही प्रतिकूल अवस्थामा पनि नेपाली प्रगतिवादी साहित्यको उत्थानमा इमान र निष्ठाका साथ अविच्छिन्न रूपमा योगदान गरी गरि रहनु भएकाले उहाँको विशिष्ट साहित्य साधना तथा योगदानको उच्च मूल्याङ्कन गर्दै ‘२०७२ सालको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा वरिष्ठ प्रगतिवादी कवि कणाद महर्षिलाई सम्मानित गरिने भएको छ ।

महर्षिको बाँकी जीवन पनि नेपाली प्रगतिवादी साहित्यको उत्थान तथा सामाजिक रूपान्तरण अभियानमा थप सक्रियताका साथ क्रियाशील भइ रहन सकोस् भन्ने अपेक्षाका साथ सुस्वास्थ्य एवम् सिर्जनशील दीर्घ जीवनको कामना सहित उक्त रु.दश हजार राशिको पुुरस्कार तथा सम्मान यही २०७३ भदौ ४ गते शनिवार अपराह्न १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष समारोहमा अर्पण गरिने जानकारी अध्यक्ष राम विनयले दिनुभएको छ ।

त्यसै गरी साहित्य सन्ध्याले अको सम्मानको पनि घोषणा गरेको छ । लमजुङ जिल्लामा जन्मिएर विगत साढे तिन दशकदेखि आयुर्वेद चिकित्साको क्षेत्रमा समर्पित भई आयुर्वेद स्वास्थ सम्बन्धी मौलिक सिद्धान्त, विधि विज्ञान, द्रव्य गुण सम्बन्धी पुस्तकहरू समेत लेखी उल्लेख्य योगदान गर्नुका साथै प्राध्यापन तथा उपचारका माध्यमबाट देशका विभिन्न भागमा पुगी नेपाली जनताको जीवन रक्षा गर्ने कार्यमा अनवरत रूपमा सक्रिय रहनु भई महत्त्वपूर्ण योगदान गर्नु भएको ठहर गरी वरिष्ठ आयुर्वेद चिकित्सक डा.काशीराज सुवेदीलाई २०७२ सालको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरिने भएको छ ।

उहाँको बाँकी जीवन पनि थप सक्रियताका साथ आयुर्वेद चिकित्साका क्षेत्रमा र मानव जीवन रक्षाका क्षेत्रमा क्रियाशील भइ रहन सकोस् भन्ने अपेक्षा गर्दै सुस्वास्थ्य एवम् सिर्जनशील दीर्घ जीवनको कामनाका साथ उक्त रु.दश हजार राशिको पुुरस्कार तथा सम्मान यही २०७३ भदौ ४ गते शनिवार अपराह्न १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष समारोहमा अर्पण गरिने छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x