साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्ताधिकारी गुने !

Nepal Telecom ad

क्यै सम्भ्रान्त जमात इष्ट जन वा, केही पछौटे जन ।
होलान् हर्ष्विभोर, किन्तु जनता, दिक्दारमा छन् मन ।।
बेग्लै पात्र बनेर नायक यहाँ, आकाश खस्दैन रे ।
सामन्ती अभिजात्य व्रित्ति त यहाँ, मास्ने कुनै छैन रे ।।

काले आउछ लुट्छ अत्यधिक नै, गोरे त्यही गर्दछ ।
भाले बन्दछ खर्बका पति उही, ओठे बुटा भर्दछ ।।
पुत्ला हुन् पर—शक्तिका, श्रमिक हुन् ‘यस्म्यान’ हुन् खेतला ।
यै आरोप लगाउछन् कति यहाँ, भन्छन् सबैले ‘लता’ ।।

बन्डातन्त्र फुल्यो फल्यो मुलुकमा, छौ सर्बहारा सबै ।
चेपिन्छन् ‘विधिराज–कानुन’ भने, के राष्ट्र बन्ला अझै ?
सत्ताको चलखेल चल्दछ सधैं, कुर्ची पिपासा बढी ।
मात्रै ‘एलिट’ चम्किए मुलकमा, आएछ कालो कली ।।

हावादार सयौ तुनेर सपना, बोक्रे कुरा गर्दछन् ।
धेरै कोश लुटेर खर्बपति नै, गोजी कयौ भर्दछन् ।।
झन् झन् दीन र हीन छन् जनहरू, सम्पन्न मात्रै बने ।
यस्तो तन्त्र त मर्छ है जगतमा, सत्ताधिकारी ! गुने ।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x