साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अवमूल्यन

Nepal Telecom ad

जुटायो फुटायो विपक्षी उठायो
जलायो ढलायो र सत्ता चलायो ।
त्यहाँ शान्तिले सास फेर्नै दिँदैनन्
जहाँ ‘राजनेता’ हरू जन्मिँदैनन् ।।

उचाल्छन् पछार्छन् उठाई थचार्छन्
विपक्षीहरू लोभको जाल थाप्छन् ।
हिलोको किलोझैँ सबैतर्फ ढल्छौ
तिमी देश बिर्सेर सत्ता बदल्छौ ।।

चुनावी सभामा बडो शिष्ट हुन्छौ
सधैँ गाउँमै बस्न आकृष्ट हुन्छौ ।
जिते बिर्सने गर्दछौ गाउँलाई
कहाँ गाउँले भेट्दछौ गाउँ आई ?

बडो नम्र भै गाउँमा भोट माग्छौ
विदेशीहरू भेटिए नोट माग्छौ ।
गई गाउँमा आशको दीप बाल्छौ
कमाएर पैसा तला थप्न थाल्छौ ।।

करोडौँ कमायौ उठाएर चन्दा
र सत्ता चलायौ गरी गैरधन्दा ।
गुमाई सबै स्वाभिमानी स्वभाव
गर्यौ देश बन्दी छ तिम्रै रवाफ ।।

जता ऐश पैसा त्यतै ढल्किएछौ
सुरा सुन्दरी पो तिमी पल्किएछौ ।
विदेशी दलाली गरी टिक्न थाल्यौ
कठै ! भ्रष्ट स्वार्थान्ध भै बिक्न थाल्यौ ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x