साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म ‘अल्जाईमर’ को रोगी

Nepal Telecom ad

म परेँ ‘अल्जाईमर’को रोगी ।
‘अल्जाईमर’ अर्थात बुढ्यौलीमा लाग्ने ‘बिर्सने रोग’
जसका कारण मेरा बिगत मेरा लागि कथा भै सके ।
थोरै मात्र मसँग छन्, धेरैले त छोडेर गै सके ।
म तिनलाई समेट्ने कोसिस गर्दैछु ।

हरेक क्रान्तिमा हजुरले सोझा जनतालाई अघि लाएको,
सत्तासिन हुदाँ देश र जनताको नाममा किरिया खाएको मलाई याद छ,
तर बिचरो जनताले कहिल्यै सुखको स्वासफेर्न पाएको मलाई याद छैन ।
किनकी म परेँ ‘अल्जाईमर’को रोगी ।

हजुरले गणतन्त्रमा सवै बर्ग र समुदाय अटाउँछन्,
भोकै मर्नु पर्दैन कोही,
गरिबले पनि दुईछाक खान पाउँछन् भनेकोसम्म याद छ,
तर त्यसकै लागि दिनहुँ कति बिदेशिन्छन्
र त्यसमध्य् कति बाकसमा आउँछन्,
त्यो चाहिँ याद भएन ।
किनकी म परेँ ‘अल्जाईमर’को रोगी ।

निर्वाचनताका हजुर धेरै चोटी
हाम्रो गाउँमा आउनु भएको,
गुन्द्रुक र ढिँंडो खाएर कयौँ रात
गुन्द्रीमा कटाउनु भएको मलाई याद छ ।
तर हजुरले त्यतिबेला गोल्डस्टार जुत्ता या हवाई चप्पल
के लाउनु भएको थियो मलाई याद छैन ।
किनकी म परेँ ‘अल्जाईमर’को रोगी ।

मलाई याद छ,गणतन्त्रका लागि छातीमा
गोली थाप्ने शहीदहरूको अनुहार
र राज्यले तिनका परिवारसँग गर्दै आएको ब्यवहार ।
तर कुन शहीद परिवारको कोटामा
तपाईँहरूका कुन छोरा कुन देशमा पढ्दैछन्
अनि कुन कुन घाइतेहरूको पैसामा
तपाईँका कुन कुन साथीहरू कार चढ्दैछन्
भन्ने कुरा चैँ यादै भएन ।
किनकी म परेँ ‘अल्जाईमर’को रोगी ।

हजुरले बानेश्वर चोकमा उभिएर
राष्ट्रियताका चर्का चर्का भाषण गरेर
कति पटक जिस्किनु भो,
कति हामीलाई औंला हाल्नु भो
अनि कति आफैं बिच्किनु भो मलाई याद छ,
तर लौनचौरमा राती राती
कति बैठक बस्नु भो र सुटकेस बोकेर निस्किनु भो
मलाई यादै भएन ।
किनकी म परेँ ‘अल्जाईमर’को रोगी ।

‘अल्जाईमर’ अर्थात बुढ्यौलीमा लाग्ने ‘बिर्सने रोग’
जसका कारण मेरा बिगत मेरा लागि कथा भैसके
थोरै मात्र मसँग छन्, धेरैले त छोडेर गै सके ।

हेटौंडा– ४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
देशमा फेरि चुनाव आयो

देशमा फेरि चुनाव आयो

मीनप्रसाद लामिछाने
कसरी हुन्छ सुधार ?!

कसरी हुन्छ सुधार ?!

मीनप्रसाद लामिछाने
हामी त केवल घण्टा हौँ

हामी त केवल घण्टा...

मीनप्रसाद लामिछाने
निःशब्द

निःशब्द

मीनप्रसाद लामिछाने
हामी यो देशलाई थाइलैण्ड बनाउँछौँ

हामी यो देशलाई थाइलैण्ड...

मीनप्रसाद लामिछाने
एकैछिनकाे टेम्पाे यात्रा

एकैछिनकाे टेम्पाे यात्रा

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x