साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीज मनाउने तरिकामा रुपान्तरण आवश्यक

Nepal Telecom ad

काठमाडौँ, १२ भदौ । जनसाहित्यिक मञ्च, नेपाल काठमाडौँले नेपाली हिन्दू महिलाले मनाउने ‘तीजका बारेमा विमर्श सहित महिला कविगोष्ठी’ सम्पन्न गरेको छ ।

शनिबार आयोजित कार्यक्रममा जयन्ता पोखरेल, यशोदा अधिकारी, जयन्ती स्पन्दन, गीता त्रिपाठी, राधा कार्की, धनकुमारी सुनार, अनिता लामा, मञ्जुश्री प्रधान, रजनी ढकाल, निभा शाह, सानु पहाडी, उर्मिला पाण्डेय, देवकुमारी लुइँटेल लगायतले आफ्ना तीज विशेष र अन्य समसामयिक गीत र कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जीवेन्द्रदेव गिरीले पुरानो खराब र थोत्रो विचार एवम् व्यवहारलाई चिरेर नयाँ चिन्तन र विचारलाई कसरी अगाडि बढाउने प्रयोजनका लागि नै समयानुकूल विमर्श आवश्यक हुन्छ भन्दै यस्ता यथार्थलाई अनुसरण गर्दै समाजलाई अगाडि बढाउने र तीज मनाउने तरिका समेतलाई रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा(एमाले)की नेत्री शान्ता मानवीले समाजमा विद्यमान रहेका सबै विकृतिलाई त्यागेर मौलिक रूपलाई जोगाउँदै अगाडि बढ्नु अहिलेको आवश्यकता हो भन्नुभयो ।

मञ्च काठमाडौँका सचिव गीता सापकोटाले तीज जस्ता चाडबाडले आडम्बर प्रदर्शन गरिरहेका, एक महिनाभन्दा अगाडिदेखि नै मनाउने नाममा तडकभडक प्रदर्शन गरिरहेका र उत्ताउला र उच्छृङ्खल भइरहेका हुँदा अन्धविश्वासको पक्ष हटाउने एवम् विकृति र विसङ्गतिलाई हटाउँदै समसामयिक रूपान्तरण गर्नु आवश्यक छ भन्नुभयो । रासस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x