सुलसुलेरत्नका दुई कृति विमोचित
काठमाडौं, भदौ १६ गते (संसाक) । कवि, साहित्यकार रत्नप्रसाद अनामणि श्रेष्ठको दुई कृतिहरूको प्रज्ञा भवन कमलादीमा विमोचन गरियो ।
‘मेरो गोरेटोमा तिम्रो छायाँ’ मुक्तक संग्र्रह र ‘ख्याल ख्यालमै सल्क्यो जिन्दगी’ गजल संग्रहको प्रमुख अतिथि डा. कृष्णहरि वरालले विमोचन गर्नुभएको थियो । कृतिहरू विमोचन गर्दै डा. वरालले गजल लेख्नकै लागिमात्र नलेखेर पढ्दा वा सुन्दा त्यसले पाठकको मनमा झस्का दिनसक्नुपर्छ, पाठक श्रोतालाई सियोले घोचे भैंm घोच्नसक्नुपर्छ, भन्नुहुँदै ‘साहित्यको क्षेत्रमा गजल लेख्नेहरूको सङ्ख्या बढ्दै जानु खुसीको कुरा हो, तर गजल लेख्नेहरूले के लेख्ने र कसरी लेख्ने भन्ने कुरा चाहिं कहिल्यै भुल्नुहुँदैन, तबमात्र निरन्तरको प्रयासमा गजलको मास्टर बन्नसकिन्छ, भन्नुभयो ।’
कार्यक्रमकी विशेष अतिथि डा. रेणु थापा सोलु लगायत अन्य अतिथिहरूले गजल लेखन र विमोचित विभिन्न कृतिहरूका बारेमा आफ्ना धारणाहरू राख्नु भएको थियो ।
गौरी पब्लिक रिलेसन एण्ड पब्लिकेसनले आयोजना गरेको विमोचन कार्यक्रममा विभिन्न सर्जकहरूको १२ वटा कृतिहरूको विमोचन गरिएको थियो । त्यस अवसरमा सर्जकहरूले पुस्तकका बारेमा आप्mना धारणासहित रचनाहरू पनि वाचन गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व पब्लिकेसनका अध्यक्ष दामोदर ढकालले गर्नुभएको थियो ।
Subscribe
Login
0 Comments
Oldest












































