साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बैंसको दरौंदी

Nepal Telecom ad

स्पर्शले गोडेर सुस्तरी
हिर्काएर धानखेतको आली
बगिरहेछ दरौंदी
गाएर बैंसको गीत ।

जसरी भर्भराउँछ
श्रीनाथकोटको सिउँदोमा लालीगुराँस
जसरी मगमगाउँछ
अजिरकोटमा बुकीफूल ।
जसरी वर्षन्छ
बाललहरीमा प्रेमको बर्षा
र, फुकालेर चोलीको तुना
पोखिन्छ भुसुण्डी खोला
उसरी नै
चुमेर आदिम सभ्यता
पोखेर फाँटभरि जीवनको रङ
बगिरहेछ दरौंदी
सुसेलेर बैंसको सङ्गीत ।

जब घुम्टो उघारेर बादलको
मुसुक्क हाँस्छ बौद्ध हिमाल
जब छल्किएर छङ्छङ्
झर्छ नारदकुण्डबाट हिउँखोला
विस्तारै
बैंसको लाली चढ्छ रुपिनालामा
होली खेल्दैखेल्दै
बगरहरूसँग बग्छ दरौंदी
छोपेर भाका प्रेम गीतको ।

उन्मुक्त बगेर बैंसमा
जीवन जगमगाउँछ नदीमा
जसरी आँखाको कुनाबाट
खसेको खुसीको अलिकति बिउ
ओठसम्म पुग्दा
सुकेर मुस्कान बन्छ ।

अलिकति चंचलता
अलिकति सपना
अलिकति महत्वाकांक्षा हुन्छ बैंसमा
तर मान्छेजस्तै नदी पनि
बैंसमा सबैभन्दा सुन्दर देखिन्छ ।

गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x