साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वीर  

Nepal Telecom ad

अस्पातलहरूमा साँच्चैको वीर थियो  height=
स्वास्थ्य क्षेत्रमा नेपालको यो शिर थियो 
कतै कै होला कि भनी 
सरकारलाई पनि यसको पिर थियो {{read_more}}
तर अहिले बुढो भयो कि ?

रात भरी ख्याक्क ख्याक्क खोक्छ 
मानौ यसलाई कुनै  ठुलै  रोग छ 
घ्यार घ्यार सास नभएको बुढो कुकुर जस्तै भुक्छ 
कहिले कनी कनी सिसा फुटेको झ्यालबाट पेटीतिर थुक्छ 
नयाँ बिरामी आयो भने खै किन 
भर्ना गर्न छाडी झन कोठातिर लुक्छ 
बेडमा सुत्यो भने कटकटी बिझाउने 
नर्सलाई सोध्यो भने त्यसै त्यसै रिसाउने 
खै यहाँ छिरेकी डक्टर नर्सलाई पनि के के हुन्छ 
मानौ उनीहरूलाई यहाँ महामसानले छुन्छ । 

निजी अस्पतालमा गयो भने 
यिनै डाक्टर नर्स बिरामीसँग मुस्काउने 
यहाँ छिर्यो कि बिरामीसित त्यसै ठुस्काउने 
निजी नर्सिङ्गहोममा छिरे नरम हुने 
यता छिरेकी तिनै खै किन गरम हुने 
भुत लाग्या हो कि राजनीति लाग्या हो 
सुधार गर्छु भन्ने बिचरा मन्त्री नि थाक्या हो ।

यहाँ काम  सित्तैमा गरेको जस्तो 
मानौ यिनको पेट निजिले मात्र भरेको जस्तो 
उनीहरूको क्लिनिकमा गयो भने 
त्यही डाक्टर कति मिठो बोली बोल्ने 
वीरमा छिरेपछि 
त्यही डक्टरको बोली, सिस्नोले झै पोल्ने 
वीर 
तिमी साँच्चै बुढो भाको हो कि 
डाक्टर नर्स यस्तै पाको हो ?

कहिले के चल्दैन रे कहिले बिग्रेको रे 
के तिमीलाई साच्चै बुढेसकाल लाको हो ?
तिमी कहाँ उपचार गराउन भनी 
दुर दराज आए पछि 
खै कले किन अर्कै ठाउमा पो पुराए 
यसको जाच यसको जाच भन्दै 
बाटो खर्च पनि नराखी सब तिराए 
तिम्रो दरबार त भूतबङ्गला जस्तो पो लाग्यो 
बिरामी कुर्न बसेको छोरो पनि 
तिम्रो डरले सुइँकुच्चा ठोकी पो भाग्यो 
भन त वीर 
कसरी तिमी यस्तो बुढो भयौ 
सबको रोग निको पार्ने तिमी 
कसरी आफै यस्तो रोगी भयौ ?

दाङ, हाल : काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
0
Would love your thoughts, please comment.x
()
x