साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अख्तियारमा जेठान हुनु..

Nepal Telecom ad

अख्तियारमा जेठान हुनु प्रहरीमा सालो  height=
अदालतमा भतिजो होस् कोट लाउने कालो

अनि मात्र राजनीति हुन्छ सफल–सार्थक 
भरिने छ भकारी र सबै डोको डालो{{read_more}}

केही मुन्द्रे जगल्टे हुन् सधैं अघिपछि 
आयो आयो हजुर अब आयो तिम्रो पालो

नैतिकता इमान जमान यी त भुत्ते सारा 
जति सक्दो ढाँट प्रभु पेटभरि “खालो”

भीडसित विवेक हुन्न विवेकसित भीड 
च्याते हुन्छ ज्ञान बुद्धि विवेकको टालो

जसले हान्यो उसले जान्यो यही दुनियाँ हो 
सकिंदैन च्यात्न हजुर माफियाको जालो

कोही यहाँ भस्मासुर कोही धुन्धुकारी 
घाइते छ देश मेरो घाउ सधैं आलो ।

चितवन
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
0
Would love your thoughts, please comment.x
()
x