साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गिद्धे आँखाहरू आए..

Nepal Telecom ad

छ्न् राहु–केतु मुर्कट्टा, सत्ता हत्याउने भने  height=
देशको कुभलो छाडी कसरी पो भलो हुने ? {{read_more}}
बिर्ता होइन ‘नेपाल’ असत्ती चण्ड–मुण्डको 
यो त हो अस्मिता साझा हामी तीन करोडको 

यो हाम्रा वीर पुर्खाले अर्जेको ‘वीरभूमि’ हो
यही हाम्रो प्रतिष्ठा हो, शान–मान–गुमान हो 

‘प्राणभन्दा पनि प्यारो राष्ट्रिय स्वाभिमान हो’ 
जसमा छैन यो भाव, त्यो पत्रु–बेइमान हो 

खबर्दारी अझै गर्छन् पृथ्वीनारायण स्वयम् 
चनाखा ‘भीम’ छन् उस्तै अझै ‘अमर’ ‘भक्ति’ छन्
अहोरात्र डटेकै छन् बलभद्रहरू सधैं 
असङ्ख्य वीर छोरी र छोरा–नातिहरूसँगै 

यो ‘सग्लो देश’ हो यौटा, ‘सुन्तला–स्याउ’ होइन 
पत्रुले शत्रुमा गर्न नैवेद्य सरि अर्पण 
छौं ‘रक्तबीज’ नै हामी गर्विला शूर–वीरका 
‘गिद्धे आँखाहरू’ आए–, देख्नेछन् बाबुको बिहा । 

१७ कात्तिक २०७३. इमाडोल, ललितपुर
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दगीका तीन ठाेकान

जिन्दगीका तीन ठाेकान

निर्मोही व्यास
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
जन्मन्छौ कहिले तिमी ?

जन्मन्छौ कहिले तिमी ?

निर्मोही व्यास
‘जब आयु ढल्यो…’

‘जब आयु ढल्यो…’

निर्मोही व्यास
अटाइन

अटाइन

निर्मोही व्यास
ओकल्छु आगो म बागी बनेर

ओकल्छु आगो म बागी...

निर्मोही व्यास
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x