साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पतिपत्नीको प्रेम

Nepal Telecom ad

एकजोडी पतिपत्नी आफ्नो घरमा बसिरहेका छन् । उनीहरूका बीच निकै गहिरो प्रेम रहेको देखिन्छ । उनीहरू आपसमा कुराकानी गर्दैछन् ।

पत्नीः म मरेँ भने के तपाइँ अर्को विवाह गर्नुहुन्छ ?
पतिः अहँ, गर्दिनँ । 
पत्नीः किन नगर्ने नि ? 
पतिः म तिमीलाई धेरै माया गर्छु, त्यसैले क्या । 
पत्नीः अँ होला, साँच्चै भन्नुस् न क्या (झकझक्याउँदै)
पतिः त्यसो भए म अर्को विवाह गर्छु ल ?
पत्नीः (अलि दुःखी हुँदै) अनि तपाइँ त्योसँग यही घरमा बस्नुहुन्छ ?
पति ः यति राम्रो घर छोडेर कहाँ बस्न जाऊँ त प्रिय ? 
पत्नीः अनि तपाइँ त्योसँग हामी सुत्ने पलङमै सुत्नुहुन्छ ?
पतिः यस्तो आनन्ददायी पलङ छोडेर कहाँ सुत्न जाने त !
पत्नीः अनि मेरा यी सबै गहना पनि उसैलाई दिनुहुन्छ ?
पतिः ऊसँग आफ्नै गहना भैहाल्छ नि !
पत्नीः अनि उसलाई मेरो स्कुटर पनि दिनुहुन्छ ?
पतिः अँ, यति राम्रो स्कुटर कहाँ फाल्ने त ! 
पत्नीः त्यसो भए उसलाई मेरा सबै कुर्तासुरूवालहरू पनि दिनुहुन्छ होला नि हगि ?
पतिः तिम्रा कुर्ता सुरूवाल उसले के लगाउँथी र ! ऊ तिमीभन्दा धेरै पातली छे, उसलाई तिम्रो लुगा ठीक भए पो !  
पत्नीः के रे के रे, पातली छे रे ?
पतिः धत्तेरिका ! अ.. अ.. । 

– नवराज कँडेल
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x