साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठोक्तहरूको बथान

Nepal Telecom ad

१. height=
अब साँझ पर्दा नलजाई आउनू
संकेत गर्दै चुरा नबजाई आउनू {{read_more}}
देख्ला कि कसैले,कतै दाग लाग्ला
ओठमा लाली पनि नसजाई आउनू । 

२.
जीवन पनि आफूले भनेकै जस्तो कहाँ हुन्छ र !
जस्तो धैर्य पनि चोट सहनेकै जस्तै कहाँ हुन्छ र !
चिना लेख्दा भनेका थिए गुरूले– मन्त्री बन्छस् तँ
भाग्य पनि त चिना बनेकै जस्तै कहाँ हुन्छ र ! 

३.
भेटघाटको गति निकै मन्द भो
मायामा एउटा परिवन्द भो
भेटुँ न भनी समय दिएँ
ठिक त्यही दिनमा घडी बन्द भो ।

४.
प्रेममा हुँदा हजार गल्ति मञ्जुर हुनुपर्छ
प्रेमकै लागि झुक्न पनि मजबुर हुनुपर्छ
तुला जस्तो जीवन हुन प्रेममा सधैंभरि
दुवै मनमा उत्तिकै प्रेम जरूर हुनुपर्छ ।

५.
आउँदा खाली मुट्ठी अनि जाँदा मुट्ठी खाली
जिन्दगीभर खोज्छ जीवन हालि र मुहाली
फूलबारीमा फूल फुलेर हराभरा हुन
रोप्न जान्यौं भने मात्र खुशी हुन्छ माली ।

६.
त्यो झरी परेको दिन थियो
गोजीमा रूपैंया तीन थियो
एकान्तमा भेट्टाएँ पातलीलाई
उनीसँग पुरानै ऋण थियो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिथार्नेहरू छन्

चिथार्नेहरू छन्

आनन्द श्रेष्ठ
कुकुरको पुच्छर

कुकुरको पुच्छर

आनन्द श्रेष्ठ
चाहिन्न

चाहिन्न

आनन्द श्रेष्ठ
पछार्नेहरू छन्

पछार्नेहरू छन्

आनन्द श्रेष्ठ
महाराज पो फरक ताज उही छ

महाराज पो फरक ताज...

आनन्द श्रेष्ठ
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x