साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तैँ गधा त भइस्

Nepal Telecom ad

एकदिन आमाले गुनासो पोख्दै भनिन्
बलिया बाङ्गा गधाहरूलाई
खाडीतिर फाल्नु पर्याछ {{read_more}} height=
कामनकाजका गधाहरूलाई
मन्त्री बनाइ पाल्नु पर्याछ ।

डाक्टर इन्जिनियर बन्ने गधाहरूलाई
युरोप अमेरिकातिर हाल्नु पर्याछ
ठगीखाने ढाँटीखाने गधाहरूलाई
संसद सभासद बनाइ
मै बुढीलेपाल्नु पर्याछ ।

क्षमतावान्, कर्मवान गधाहरूलाई
ग्रीनकार्ड पिआर दिएर
अमेरिका क्यानडा पठाउनु पर्याछ
बुद्धु पाटे अल्छी गधाहरूलाई
स्याहारेर दिन कटाउनु पर्याछ ।

तेजिला जोसिला तेन्नेरी गधाहरूलाई
विद्यार्थी भिसामा भए पनि
जापान अस्ट्रेलियातिर फाल्नु पर्याछ
स्वाँठ लठेत गधाहरूलाई
यो देशमा मन्त्री प्रधानमन्त्री बनाइ पाल्नु पर्याछ ।

यस्तै हो भने अब
मेरो मुहार फेरिएला जस्तो छैन
एकदिन कसो राम्रो नहोला भनेको
खै त्यो दिन हेरिएला जस्तो छैन
तैँ गधा रहेछस्
न अमेरिका गइस् न अस्ट्रेलिया गइस्
यत्रो दिन यहीँ बसेर पनि
न सभासद भइस् न मन्त्री भइस्
तर ठिकै छ अरु गधा नभए पनि
मेरो साथ रहने कम्सेकम तैँ गधा त रहिस् ।

दाङ, हाल : काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x