सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तैँ गधा त भइस्

Nepal Telecom ad

एकदिन आमाले गुनासो पोख्दै भनिन्
बलिया बाङ्गा गधाहरूलाई
खाडीतिर फाल्नु पर्याछ {{read_more}} height=
कामनकाजका गधाहरूलाई
मन्त्री बनाइ पाल्नु पर्याछ ।

डाक्टर इन्जिनियर बन्ने गधाहरूलाई
युरोप अमेरिकातिर हाल्नु पर्याछ
ठगीखाने ढाँटीखाने गधाहरूलाई
संसद सभासद बनाइ
मै बुढीलेपाल्नु पर्याछ ।

क्षमतावान्, कर्मवान गधाहरूलाई
ग्रीनकार्ड पिआर दिएर
अमेरिका क्यानडा पठाउनु पर्याछ
बुद्धु पाटे अल्छी गधाहरूलाई
स्याहारेर दिन कटाउनु पर्याछ ।

तेजिला जोसिला तेन्नेरी गधाहरूलाई
विद्यार्थी भिसामा भए पनि
जापान अस्ट्रेलियातिर फाल्नु पर्याछ
स्वाँठ लठेत गधाहरूलाई
यो देशमा मन्त्री प्रधानमन्त्री बनाइ पाल्नु पर्याछ ।

यस्तै हो भने अब
मेरो मुहार फेरिएला जस्तो छैन
एकदिन कसो राम्रो नहोला भनेको
खै त्यो दिन हेरिएला जस्तो छैन
तैँ गधा रहेछस्
न अमेरिका गइस् न अस्ट्रेलिया गइस्
यत्रो दिन यहीँ बसेर पनि
न सभासद भइस् न मन्त्री भइस्
तर ठिकै छ अरु गधा नभए पनि
मेरो साथ रहने कम्सेकम तैँ गधा त रहिस् ।

दाङ, हाल : काठमाडौं
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे