प्रेम ओली ढकलपुरेयै भुँडीले माग्छ

मलाई त कै चाहिँदैन हजुर 
तर यै भुँडीले माग्छ {{read_more}}
यो भुँडीले मागे, मेरो के लाग्छ ?
घाँसले हुने घाँसै हालिदिन्थेँ
बाँसले हुने भए बाँसै हालिदिन्थेँ
हजुरसँग किन लिन्थेँ
बरु दुईचार उल्टो दिन्थेँ
तर के गर्ने यो भुँडीले
मिठो मिठो खोज्छ
के खान्छस् भुँडी भनेर सोध्यो भने
मासु मासु रोज्छ
मलाई त किन चाहिन्थ्यो र हजुर
यै भुँडीले माग्छ
भँुडेले मागेपछि
म बिचराको के लाग्छ ।
यो भुँडीलाई भुस परालले पनि नहुने घुसै चाहिने
भैसीको दाना पानीले पनि नहुने रे जुसै खाइने
खाँदा खाँदा यो भुँडी
घ्याम्पो जत्रो भइसक्यो तर केसैले छेक्दैन
अख्तियार छेक्छ त भन्थे
तर यसलाई अख्तियार पनि देख्दै देख्दैन
यो घ्याम्पोभित्र
तपाईंले दिएको त्यो
कति खसी बोका पर्याछन्
कति कुखुरा र राँगाहरू
ममको डल्ला बनी झर्याछन्
कति हात्ती गैंडा खस्याछन्
कति बाघ च्याङग्रा फस्याछन्
मलाई त यति रिस उठेको छ कि यो भुँडीसँग
पापको घैलो जस्तै पट्किए हुन्थ्यो
फट्याङ्ग्रो जस्तो फुत्त फट्किए हुन्थ्यो
रुखको हाँगामा गइ अट्किए हुन्थ्यो
मैले त खाँदै खाँदैन भनेको हो
तर के गर्ने, यै भुँडीले माग्छ
भुँडीले मागेपछि, मेरो के लाग्छ ?
यै भुँडीले
कुखरा फुलदेखि पुलसम्म पचायो
भुकम्प पीडितलाई दिने
रकमदेखि झुलसम्म बजायो
मैले त सधै ब्रत बसिदिउँ कि सोच्या हो
दुई चार दिन कोशिस गर्न नि खोज्या हो
तर एकैछिन नखाँदा नि औधी भोक लाग्छ
भोक लागेपछि यो भुँडीले, झन के के माग्छ
यो भुँडीले मागेपछि हजुर, मेरो के लाग्छ ?
दाङ, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































