सुलसुलेशहीद स्मृति शिशिर कवि गोष्ठी
अभिनव साहित्य समाजले आज २०७४/१०/२७ गते आयोजना गरेको एक भव्य समारोहमा नियमित रूपमा गर्दै आएको मासिक काव्य गोष्ठी १९२ औ शृङ्खला {{read_more}} अन्तर्गत ऐतिहासिक उपन्यासकार एस.पी. आसाज्यूको प्रमुख आतिथ्यमा शहीद स्मृति शिशिर कवि गोष्ठी सम्पन्न ग¥यो ।
वाचित कवितामध्ये दुर्गा धमला, कुमार खतिवडा, अश्मिता ढुङ्गाना, केशव अर्याल र दुर्गा रिमाल अधिकारीका रचनाहरूलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । रचना वाचन गर्ने अन्य कविकवयित्रीहरूमा प्रकाश वस्नेत गफाडी, ओमप्रसाद कोइराला, घनश्याम प्रसाई, कुसुम शर्मा, डा. शेषराज आचार्य, गोविन्द नेपाल, अच्युत प्याकुरेल निरस, रामचन्द्र खतिवडा, डिल्लीराज अर्याल, भाग्यशाली अधिकारी, रेशम बहादुर न्यौपाने, सुप्रभात बस्नेत, निरञ्जन आचार्य, ब्रह्मप्रिय प्रेमस्वरुप, मेनका पोखरेल, विमल अर्याल, अभ्यस्त यात्री, रमेश भट्टराई, रत्ननिधि रेग्मी, मञ्जुश्री प्रधान, सुमन पुडासैनी, माधव परियार, शान्ती रिसाल महेशकुमार वाग्ले लगायत ३५ जना रहनुभएको थियो ।
कार्यक्रमको समीक्षा सचिव परशुराम पराजुली, उद्घोषण सह कोषाध्यक्ष शारदा पराजुली र कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष वेदमणि घिमिरे गोविन्दले गर्नुभएको थियो ।
Subscribe
Login
0 Comments
Oldest











































