साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविद्वय ढकाल र सुस्मिताका कविता सुनिए

Nepal Telecom ad

फागुन १२, ०७४ काठमाडौं । जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा जनसांस्कृतिक महासङ्घको सभाकक्षमा सञ्चालित नियमित  height=कार्यक्रम अविरल {{read_more}} ‘अविरल जनसाहित्य यात्रा’को ४४ औँ शृङ्खला सम्पन्न गरियो । प्रगतिवादी नेपाली साहित्यका सशक्त कवि द्वय डा.रजनी ढकाल र सुस्मिता नेपालका एघार÷एघारओटा प्रतिनिधि कविता वाचन गरिए ।

ती कवितामाथि टिप्पणीसमेत गर्ने उद्देश्यमूलक उक्त विशेष समारोहको अध्यक्षता जनसाहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले गर्नुभएको थियो भने सञ्चालन मञ्चकी कोषाध्यक्ष यशोदा अधिकारीले गर्नुभएको थियो । जनसांस्कृतिक महासङ्घका महासचिव प्रेमनाथ अधिकारी प्रमुख अतिथि रहुनभएको उक्त विशेष समारोहमा वरिष्ठ कवि मञ्जुल, वरिष्ठ साहित्यकार माया ठकुरी र वरिष्ठ कथाकार भागिरथी श्रेष्ठ, माननीय सानु पहाडीलगायतको उपस्थिति थियो । 

समारोहकी कविनायक डा.रजनी ढकालले दुःखका बेला आत्मबल उठाउने काम कविताले गर्ने गरेको बताउँदै ‘नेपाल आमालाई सम्झिएर’, ‘पहिलो पहर’, ‘तिम्री आमा बानिरा भएकी छ’, ‘चाहिन्न कुनै नाम’, ‘समय’, ‘अपहरण समयको’, ‘आर्या हुँ’, ‘आँसु’, ‘सहयात्री’, ‘तिमी’, र ‘नभत्किने जीवन’ शीर्षकका एघारओटा कविता वाचन गर्नुभयो । त्यसैगरी कवि सुस्मिता नेपालले एकैपटक यति धेरै कविता सुनाएको आफ्नो पहिलो अवसर भएको बताउँदै ‘आमा’, ‘फाटेको मनको आकाश’, ‘अक्षरहरूमा चामल’, ‘अनुहारबाट आफैँ हराउँदा’, ‘ताल चार’, ‘किबोर्डमा औँलाहरू चाल्नखोज्दा’, ‘सम्झना’, ‘एकान्त’, ‘उध्रिएको जीवन’, ‘आँसु’ र ‘कविताको घर’ शीर्षकका एघारओटा फरक फरक परिवेशका कविता वाचन गर्नुभयो ।

दुबै जनाका वाचित झन्डै दुई दर्जन कवितामाथि टिप्पणी गर्दै समालोचक विदुला घिमिरेले कविता भनेको कल्पना, विचार र तालको संयोजन हो भन्दै आँसु दुबै कविको विषयसन्दर्भ बनेको उल्लेख गर्नुु भयो । प्रमुख अतिथि प्रेमनाथ अधिकारीले सामाजिक विकृतिमा रूपान्तरणका निम्ति सामाजिक–सांस्कृतिक अभियान आवश्यक रहेको बताउनु भयो ।  कार्यक्रम सञ्चालक यशोदा अधिकारीले आजको यो महत्त्वपूर्ण र विशिष्ट समारोहमा हाम्रो निम्ता स्वीकार गरी आइदिनुहुने कविद्वय तथा सम्पूर्ण मान्यजनमा हार्दिक आभार व्यक्त गर्नुभएको थियो । आगामी चैत महिनाको दोस्रो शुक्रवार विराटनगरमा रहेर नेपाली प्रगतिवादी साहित्यको सेवामा समर्पित मधु पोखरेल र दोलखामा रहेर सक्रियता देखाइरहनुभएका जित कार्कीलाई प्रस्तुत गरिने जानकारी दिइएको थियो ।
 

–रमेश पोखरेल
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x