साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सन्ध्याको ३८१ औँ शृङ्खला

Nepal Telecom ad

साहित्य सन्ध्याको नियमित मासिक ३८१ औँ शृङ्खला फागुन ५ गते शनिबार आर.आर क्याम्पस प्रदर्शनी मार्गमा “युवा पलायन : राष्ट्रिय समस्या र समाधान” विषयमा परिचर्चा  height=तथा विशेष कविगोष्ठी गरी सम्पन्न भयो । {{read_more}} सन्ध्याका अध्यक्ष राम विनयकोे अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको सञ्चालन पूर्वार्धमा उपाध्यक्ष रमेश पोखरेलले र उत्तरार्धमा सदस्य जयन्ती स्पन्दनले गर्नुभएको थियो भने विशेष समारोहका अतिथिहरूमा डा.पुष्पराज कँडेल, माननीय सानु पहाडी, प्रा.डा.खेम दाहाल, वरिष्ठ गजलकार रामबहादुर पहाडी, साहित्यकार डम्बर पहाडी उपस्थित हुनुहुन्थ्यो । 

गोष्ठीमा डा.पुष्पराज कँडेलले ‘युवा पलायन : राष्ट्रिय समस्या र समाधान’ विषयमा चर्चा गर्नुहुँदै वार्षिक ५१ हजार थप युवा पलायन हुने गरेका तथ्याङ्कलाई हेर्दा कुल जनसङ्ख्याको १५% र  युवाको सङ्ख्याको मात्र आधारमा हेर्दा ३३% युवा बाहिरिएका र उनीहरूले वार्षिक ७ खर्ब रुपैयाँ रेमिट्यान्स पठाएर देशको कुल आयको ३०% हिस्सा ओगटेको बताउनु भयो । उहाँले युवालाई रोजगारी सिर्जना गर्न सिप, शिक्षा र पैसाको जोहो गरिदिनुपर्ने वा त्यसका लागि राज्यले सहजीकरण गरिदिनुपर्ने, कृषिमा आधुनिकीकरण गरिनुपर्ने र उत्पादन बढाउने जस्ता काम गरिनु अत्यन्त आवश्यक छ र त्यसका लागि मूल सुधारको खाँचो राजनीतिमै रहेको छ किनभने घरमुली अनुशासित भए मात्र घर व्यवस्थित हुन्छ भन्ने धारणा राख्नुभयो ।     

गोष्ठीमा मुकुन्द न्यौपाने, भलादमी भोला, सानु पहाडी, डम्बर पहाडी, कात्यायन, डा.खेम दाहाल, ओमप्रसाद कोइराला, बैरागी जेठा, प्रमोद स्नेही, केशवजङ्गसिंह खड्का, सुनिल पुरी, नारायण भण्डारी ‘जनकपुरी’, डिल्लीराज अर्याल, मुक्तिनाथ शर्मा, रामबहादुर पहाडी, नवराज श्रेष्ठ, देबु लुइटेल, पदम सुनार, रामप्रसाद खतिवडा, जयन्ता पोखरेल, नारायण निरासी, दुर्गा पौडेल, रमेश गौतम ‘पाल्पाली’, गोपाल मैनाली र राम विनयले आआफ्ना अत्यन्त समसामयिक कविता, गीत, गजल, एलाक वाचन गर्नुभएको थियो । 

वाचित सिर्जनामाथि कवि प्रशान्त खरेलले चर्चा गर्नुहुँदै गोष्ठीमा पच्चिस जना कविले वाचन गरेका प्रायः कविताले सबै खाले सामाजिक उत्पीडनको, पितृसत्ताको उत्पीडनको विरोध गर्दै रूपान्तरणका पक्षमा आबाज उठाएका छन् र रूपान्तरणको स्पष्ट आग्रह गरेका छन् भन्नु भयो । उहाँले विगत साढे तीन दशकदेखि अविश्रान्त सञ्चालित साहित्य सन्ध्याको आजको यो नियमित शृङ्खला गुणात्मक रहेको मलाई लागेको छ भन्ने धारणा व्यक्त गर्नुभयो । 

गोष्ठीका अध्यक्ष राम विनयले सहभागी सबैलाई हार्दिक धन्यवाद दिँदै हामी स्रष्टाले अहिले देखिएको यो विकराल समस्याकाप्रति पनि सिर्जनाका माध्यमबाट खबरदारी गरिरहनुपर्दछ भन्ने उद्देश्य साहित्य सन्ध्याको हो र यसै विषयमा लक्षित गरेर आजको यो गोष्ठी गरिएको बताउनु भयो । 

–रमेश पोखरेल
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x