साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शपथ संवाद

Nepal Telecom ad

शपथ खाने, शपथ खाने भन्छन्, के रहेछ यो शपथ खाने भनेको ? मलाई सधैँ अचम्म लागिरहन्थ्यो । {{read_more}} यसपालि पनि प्रदेशसभाका सांसदहरूले शपथ खाएको  height=नियालेर हेरियो, टेलिभिजनमा । जति नै ध्यान दिएर हेर्दा पनि शपथ खानेहरूले कुनै चीज खाएको भने देखिएन । अचम्म लागेर मैले एक पुराना अनुभवी र हालै प्रदेशसभामा निर्वा्चित भएर शपथ खाइसकेका माननीय सांसदज्यूलाई डराइडराइ सोधेँ, ‘हे माननीय महोदय ! हजुरले त यस्ता शपथ कति खानुभयो कति ! तर, मलाई सधैँ एउटा जिज्ञासा मनमा लागिरहन्छ, यो शपथ खाँदा खासमा हजुरहरू के खानुहुन्छ ? काँक्रो खाएजस्तो मरङमरङ चपाएको पनि देखिँदैन, भात खाएजस्तो सप्रङसप्रङ पनि सुनिँदैन । जुस पिएजस्तो घुटुकघुटुक पनि छैन, चुइगम चपाएजस्तो मच्याकमच्याक पनि छैन । तापनि, यसलाई शपथ खाने भन्नुहुन्छ । यसको अर्थ के हो माननीय महोदय ? कृपा गरी यो अज्ञानीलाई बेलिबिस्तार लगाइदिनुहोस् ।’ 

मेरो जिज्ञासा सुनेर उत्साहित हुँदै माननीयज्यू भन्नुहुन्छ, ‘हे बालक ! वास्तवमा यो शपथ खाने भनेको भनाइ नै गलत छ । यो हाम्रो भाषागत त्रुटि हो । नेपाली भाषामा पानी पिउनेलाई पानी खाने भनिन्छ । धूवाँ तान्नेलाई चुरोट खाने भनिन्छ । घूस लिनुलाई पनि खाने भनिन्छ । धोका पनि खाने, गोता पनि खाने, जुत्ता पनि खाने, लात्ती पनि खाने, दिमाग पनि खाने । यस्तो पनि कहीँ हुन्छ ! शपथ भनेको पनि खाने होइन, निल्ने कुरा हो । यसलाई नजानेर खाने भनिएको हो ।’ 

‘अर्को कुरा सुन, शपथ खाँदा केही पनि खाएको देखिँदैन भनेर तिमीले जो भन्यौ, त्यो सरासर गलत हो । शपथ खाएका बेला ध्यान दिएर र्हेयौ भने सबैले केही न केही निलिरहेको तिमीले प्रस्ट देख्नेछौ । वास्तवमा शपथ खाएका बेला हामीहरू घुटुकघुटुक थुक निलिरहेका हुन्छौँ । त्यसैले शपथलाई खानेकुराको वर्गमा राखिएको हो । च्यापु नचलाए पनि यसमा निल्ने कार्य अनिवार्य हुन्छ । रुद्रघन्टी तलमाथि गरेकै हुन्छ ।’ 

मैले थप उत्सुक हुँदै सोधेँ, ‘यो त झन् अनौठो भयो । थुकचाहिँ किन निल्ने नि महोदय ?’ 

उनले बुझाए, ‘शपथ खाएपछि नै हाम्रा धेरैथोक खाने बाटाहरू खुल्छन् । मुख्यमन्त्री, मन्त्री, सभापति आदि अनेक हुने सम्भावना हुन्छ । त्यो केही नभए पनि शपथ खाएकै साँझदेखि तलबभत्ता पाक्न थाल्छ । कर्मचारी, ठेकेदार, व्यापारी, दलाललगायत आमजनता वर्गबाट बाटोबाटैमा, घरघरैमा, अफिस–अफिसमा जतासुकै नमस्कार खान पाइन्छ । शपथ खाइरहेका बेला हामी मनमनमा अनेक खानेकुरा सम्झिरहेका हुन्छौँ । जसका कारण हाम्रो जिब्रो रसाइरहेको हुन्छ । गाडी सम्झिन्छौँ, इन्धन सम्झिन्छौँ, झन्डा सम्झिन्छौँ, विदेश भ्रमण सम्झिन्छौँ । बालुवा, गिट्टी, तेल, अलकत्रा, खानी, पेट्रोलपम्प, ठेक्का, कमिसन, अनेकअनेक सम्झिन्छौँ । अनि, घुटुक्क थुक निल्छौँ ।’ 

‘वास्तवमा यसरी थुक निल्नु नै शपथ खानु हो । अर्थात् शपथ खानु भनेको भोक जगाउने प्रक्रिया हो । त्यसरी भोक जागेपछि मूर्खहरूले देशको विकास निर्माण केके जाति पनि गरिटोपल्छन्, बुद्धिमानहरूले आफ्नै विकास हुने काम गर्छन् । कुरा बुझ्यौ बाबु ?’ उनले हलल्ल हाँस्दै भने । 

मैले भनेँ, ‘बुझे–बुझेजस्तो भयो महोदय !’

नेपाल, माघ १४, २०७४
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x